चितवन सेरोफेरो
चितवन, ४ माघ । चालु आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा धेरै आन्तरिक पर्यटक हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार...
चितवन, ४ माघ । राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही...
चितवन, ३ माघ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव भव्यताका सञ्चालन भइरहेको छ । महोत्सव परिसरमा विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक साँस्कृतिक कार्यक्रम भइरहेको छ...
चितवन, ३ माघ । भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो । महानगरका...
चितवन, १ माघ । स्टडी इन जापान, अष्ट्रेलिया र कोरियाका लागि अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले युरोपका लागि पनि हब बन्दै गएको छ । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र...
चितवन, २९ पुस । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरी सो...
चितवन, २९ पुस । भरतपुर महानगरपालिका–१२ स्थित आईएसएमटी कलेज चितवनले भोलि माघ १ गते ‘आईएसएमटी म्युजिक फेस्ट २०२५’ आयोजना गर्दै छ । कलेजले विद्यार्थीहरुलाई पढाइका साथै मनोरञ्जन पनि गराउने उद्देश्यले आफ्नै प्राङ्गणमा म्युजिक फेस्ट आयोजना गर्न लागेको जनाएको छ...
चितवन, २८ पुस । पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो । सङ्क्रान्तिको अघिल्लो दिनदेखि माघ महिनाभर मेला लाग्ने भएकाले विगतका वर्षहरूको तुलनामा...
चितवन, २८ पुस । बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित भएका छन् । ऐन, नियमावली र मापदण्ड निर्माणमा भएको ढिलाइले प्रदेश सरकार मातहत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता र नवीकरण ढप्प भएको हो । पुष्पाञ्जली अस्पताल भरतपुरका...
चितवन, २६ पुस । तनहुँको देवघाटबाट आउनुभएकी लक्ष्मी तिमिल्सिना नारायणी नदीको किनारमा बनाइएका केराको चिप्स खाँदै हुनुहुन्थ्यो । उहाँले आलुको परिकार जस्तै केराको चिप्स नयाँ स्वादका रूपमा पहिलो पटक अनुभव गरेको सुनाउनुभयो । उद्योग वाणिज्य सङ्घ चितवनले बिहीबारदेखि सुरु...













