सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका २ सय ८९ कैदी बन्दीको निःशुल्क आँखा परीक्षण


  •    न्युजभित्तो/१२ चैत्र २०८१, बुधबार १६:५२ 
  • चितवन, १३ चैत । भरतपुर कारागारका कैदी तथा बन्दीहरुले निःशुल्क आँखा परिक्षण गराएका छन् ।

    नेत्रज्योति संघ चितवनको ४७ औँ स्थापना दिवसको अवसरमा बुधबार भरतपुर आँखा अस्पतालले २ सय ८९ जना बन्दीको निःशुल्क आँखा परिक्षण गरेको हो । आँखा परिक्षणपछि आवश्यक पर्नेहरुलाई औषधि र चस्मासमेत निःशुल्क वितरण गरिएको छ ।

    नेत्रज्योति संघ चितवनको सभापति तथा भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले संस्थाको स्थापना दिवस पारेर प्रत्येक वर्ष आँखा शिविर गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामीले विगत २२ वर्षदेखि कारागारमा आँखा शिविर गर्दै आएका छौँ । कारागारमा रहेका बन्दीले समयमै उपचार नपाउने हुँदा हामीले विशेष दिवसको अवसर पारेर कार्यक्रम गरेका हौँ ।’

    कारागारका सूचना अधिकारी चेतनाथ ढुंगानाले बन्दीलाई लक्षित गरेर हरेक वर्ष आँखा अस्पतालले शिविर गर्दै आएको बताउनुभयो । उहाँले उपचारको लागि आर्थिक अभाव खेपिरहेका बन्दीले यस शिविरबाट लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘मोतीया बिन्दु भएका बन्दीलाई निःशुल्क शल्यक्रिया गर्ने भरतपुर आँखा अस्पतालले प्रतिबद्धता जनाएको छ । यसले हामीलाई धेरै सहज पुग्ने छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.