भरतपुर, १५ चैत । चितवनमा सुचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुचनाको हकका लागि राष्ट्रिय महासंघ चितवन शाखाले आज जिल्ला प्रशासन कार्यालय चितवनमा सरोकारवाला निकायसँग अन्तक्रिया कार्यक्रम गरेको हो ।
अन्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख प्रकाश पौडेलले सुचनाको हक नियामवली,कार्यविधी निर्देशिकाले सुनिश्चतता गरेको उल्लेख गर्दै सुचना अधिकारी प्रवक्ता उत्तिकै जिम्मेवार बन्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले जिल्लासम्बद्ध सरकारी कार्यालयका सुचना अधिकारीलाई सहज रुपमा सुचना उपलब्ध गराउन समेत उल्लेख गर्नुभयो । सुचना माग गर्दा मौखिक भन्दा लिखीत दिदा सुचना नपाएको खण्डमा कानुनअनुसार कारवाही गर्न सहज हुने उहाँको भनाइ थियो ।
चितवनका साहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माले आफ्नो धाराण राख्दै चितवनमा सुचना नपाएको गुनासो सुन्दै आएपनि यो समस्या अहिले न्युनीकरण हुँदै गएको बताउनुभयो ।
बाग्मती प्रदेश सुचना पुनारावेदन आयोगका अध्यक्ष हरि अधिकारीले सुचनाको हक सुशासन र लोकतन्त्रको जग रहेको उल्लेख गर्दै यसप्रति सुचना दिने निकाय सकरात्मक हुनुपर्ने धाराणा राख्नुभयो ।
उहाँले बाग्मती प्रदेश सुचना पुनरावेदनमा सरकारी कार्यालय मात्र नभएर निजी तथा गैरसरकारी संस्थाबाट समेत सुचनाको हकबाट बन्चित भएका गुनासो आउने गरेको र त्यसमा आफूहरुले सम्बोधन गर्दै आएको उल्लेख गर्नुभयो ।
सुचनाको हकका लागि राष्ट्रिय महासंघ चितवन शाखाका अध्यक्ष बसन्त ढुङ्गानाले सूचनाको हकको कानुनी अवस्था र चितवनमा गरिएको अध्ययन प्रस्तुत गर्नुभयो। सुचनाको हकसम्बन्धमा सुचना मागकर्ता र सुचनाका स्रोत रहेका सरकारी संस्थामा गरिएको अध्ययन अनुसार सरकारी कार्यालयबाट लिइएका सूचनाको दुरुपयोग नभएको र सार्वजनिक महत्वका सूचना बढी मागिने गरेको देखाएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष ढुङ्गानाले चितवनमा सूचना माग्ने संस्कृति विकास हुँदै गएको पनि बताउनुभयो।
अन्तक्रिया कार्यक्रममा उपस्थित पत्रकारहरुले सहज रुपमा सुचना नपाएका गुनासो समेत गर्नुभएको थियो । यस्तै सुचना अधिकारीहरुले पनि आफ्नो अनुभव साझा गर्नुभएको थियो । सूचना अधिकारीहरूले सही उद्देश्यले मागिएको सूचनामा सहयोग गर्न आफूहरु सधै तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका सुचना अधिकारी, नागरिक समाजका प्रतिनिधी र विभीन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।