सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कफीमा युवाको आकर्षण, बढ्दै आयात


  •    न्युजभित्तो/७ चैत्र २०८१, शुक्रबार १६:३९ 
  • चितवन, ८ चैत । चितवनका पदमबहादुर बानियाँको कपडा पसल नारायणगढको इन्द्रदेव मार्गमा थियो । झन्डै एक दशक कपडा व्यवसाय गरेका बानियाँ त्यसबाट सन्तुष्ट हुन सकेनन् । अहिले भरतपुरमा हिमालयन चिया नामको कफीसप खोलेर उनले राम्रो आम्दानी गरिरहेका छन् । ‘कोरोनापछि कपडा व्यवसाय राम्रो भएन । त्यसलाई छाडेर दुई वर्षदेखि कफीसपतिर लागेको छु’, आफ्नो व्यवसाय सुनाउँदै बानियाँले भने ‘औसतमा कफी र चिया मात्रै दैनिक १५ हजार रुपैयाँको बिक्री हुन्छ ।’

    नारायणगढका जुलेन घले पनि कफीसपमा व्यस्त छन् । विदेशबाट दुई वर्षअघि फर्किएर नारायणगढको लिलाचोकमा कफी सप खोलेका घलेले अन्य पेसाभन्दा यस पेसालाई सुरक्षित मानेका छन् । ‘विदेशमा कफी बनाउन सिकेको थिएँ । त्यहाँबाट फर्किएपछि १० लाख लगानी गरेर नारायणगढमा कफीसप खोलेको छु,’ उनले भने, ‘कफीको माग बजारमा उच्च छ । घाटा हुँदैन जस्तो लाग्छ ।’

    उनले दैनिक २० देखि २५ हजार रुपैयाँको कारोबार गर्ने गरेको सुनाए । अहिले उनले आफ्नो व्यवसायमा लगानी थप गरेर २५ लाख पुर्‍याएका छन् । ‘कफीसँगै खाद्य परिकार पनि बिक्री हुन्छ,’ उनले भने ‘गुणस्तर कायम राख्ने हो भने यस व्यवसायबाट राम्रो आम्दानी लिन सकिन्छ ।’ चितवनसहित देशका प्रमुख सहरमा कफीसप उच्च गतिमा वृद्धि भइरहेका छन् ।

    नेपाल कफी व्यवसायी महासंघका अनुसार देशभर दुई हजारभन्दा बढी कफीसप खुलिसकेका छन् । चितवनमा मात्रै एक सय ५० भन्दा बढी कफी हाउस रहेको बताइएको छ । कफीसप खोल्नेमा अधिकांश युवा रहेको इटहरीका कफी व्यवसायी सफल मगर बताउँछन् । ‘नेपालमा कफीको मार्केट हेर्दा राइजिङ छ,’ उनले भने, ‘नेपालमा बसेर यो व्यवसाय गर्ने मान्छे विदेश जानुपर्ने अवस्था छैन ।’ ३१ वर्षका मगरले इटहरीमा कफीसपको एकेडेमीसमेत खोलेका छन् । इटहरीमा मात्रै ६० भन्दाबढी कफी हाउस सञ्चालन भएको उनले बताए ।

    नेपालमा कफी खाने प्रचलन विस्तारै बढ्दो अवस्थामा रहेको कफी व्यवसायी सुदिश थापा बताउँछन् । ‘केही वर्षअघि नेपालमा कफी खाने बानीमा विकास भएको थिएन पछि विस्तारै शहरी क्षेत्रमा कफी खाने चलन बढ्न थालेको छ,’ उनले भने, ‘अहिले कफी हाउस खोल्ने क्रमसमेत उच्च छ ।’ उनका अनुसार अहिले अधिकांश होटलमा कफीसपको छुट्टै डिपार्टसमेत राख्न थालिएको छ । बजारमा ९० रूपैयाँदेखि तीन सय ५० रुपैयाँसम्मको कफी पाइन्छ । विशेष गरी अम्रिकानो, लाटे एक्प्रेसो, गोमियो, क्यापाचिनो, ब्रु कफी बिक्री भइरहेको छ ।

    नेपालमा कफीको आकर्षण बढ्दै गए पनि उत्पादन भने घट्दो अवस्थामा छ । नेपाली बजारको मागमध्ये ६० प्रतिशत कफी बाहिरी मुलुकबाट आयात हुने गरेको थापाले बताए । पछिल्ला दिनमा आन्तरिक बजारमा मात्रै वार्षिक २२ सय मेट्रिकटन कफी खपत हुँदै आएको छ । जबकि नेपालले पाँच सय एक मेट्रिक टन कफी उत्पादन गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालयको तथ्यांकमा उल्लेख छ । नेपालमा उत्पादित ८९ मेट्रिक टन कफी विदेश निर्यात हुने गरेको छ तर निर्यातभन्दा अवैधानिक तवरले आयात हुने कफीको मात्रा बढी रहेको बोर्डकी निमित्त क्षेत्रीय निर्देशक पवित्रा अधिकारीले बताइन् । नेपाल भन्सार कार्यालयको तथ्यांक अनुसार नेपालमा चार सय ४३ मेट्रिक टन कफी आयात हुन्छ ।

    नेपालमा कफी खेतीको क्षेत्रफल बढे पनि उत्पादकत्व समेत घट्दै गएको अधिकारीले जानकारी दिइन् । नेपालमा चार हजार तीन सय नौ हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ । नयाँ मानिस विदेश पलायन भएका कारण क्षेत्रफल बढे पनि उत्पादन बढ्न नसकेको उनको भनाइ छ । ‘गाउँमा काम गर्ने मान्छे छैनन् । रुखहरू पुराना हुँदै गएपछि उत्पादन कम हुने भयो,’ उनले भनिन् ‘क्षेत्रफल थपिँदा पुराना रुख पनि जोडिन आउने भएकाले क्षेत्रफल बढेको देखिएको हो ।’

    कफी बोर्डले उत्पादन बढाउन किसानलाई रोपण, नर्सरी व्यवस्थापन, बिउ, प्रशोधित मेसिन वितरण लगायतका क्षेत्रमा काम गर्दै आएको उनले बताइन् । यद्यपि नेपालमा पछिल्लो १२ वर्षमा उत्पादनको अवस्था भने उस्तै छ । आर्थिक वर्ष २०६९र२०७० मा एक हजार सात सय ५० हेक्टरमा कफी उत्पादन भएको थियो । यो अवधिमा कफी खेती गर्ने क्षेत्रफल विस्तार भएर चार हजार तीन सय नौ हेक्टर पुगेको छ तर उत्पादन भने गत आर्थिक वर्ष २०८०र०८१ मा पाँच सय एक मेट्रिक टन मात्र भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

    आर्थिक वर्ष २०७०र२०७१ मा एक हजार सात सय ५० हेक्टर क्षेत्रफलमा चार सय २९ मेट्रिक टन कफी फलेको थियो । त्यसको एक वर्षपछि चार सय बढी हेक्टर क्षेत्रफलमा कफी खेतीको विस्तार भयो । सोही अनुसार आर्थिक वर्ष २०७१र२०७२ मा कफीको उत्पादन केही बढेर चार सय ६३ मेट्रिक टन पुग्यो । आर्थिक वर्ष २०७२र२०७३ मा आइपुग्दा कफीको उत्पादन घटेर चार सय ३४ मेट्रिक टनमा झ¥यो ।

    आर्थिक वर्ष २०७३र७४ मा दुई हजार ६ सय ५० हेक्टर क्षेत्रफलको खेतीबाट चार सय ६६ मेट्रिक टन कफी उत्पादन भएको थियो । आव २०७५र७६ मा पाँच सय ३० मेट्रिक टन ग्रिन बिन कफी उत्पादन भएकोमा आव २०७६र७७ मा घटेर दुई सय ९६ मेट्रिक टनमा सीमित भयो । साथै आव २०७७र७८ मा तीन सय मेट्रिक टन उत्पादन भएको थियो । आव २०७८र२०७९ मा चार हजार चार सय ३५ मेट्रिक टन र आव २०७९र२०८० मा तीन सय ९४ मेट्रिक टन उत्पादन भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

    नेपाल सरकारले कफी उत्पादनमा विभिन्न योजना बनाए पनि प्रतिफल देखिएको छैन । सरकारले पछिल्लो पटक सन् २०१७–२०२१ को पाँच वर्षे रणनीति अपनाएको थियो । नेपाली युवा विदेश पलायन भएका कारण उत्पादन बढाउन कठिन रहेको अधिकारीको भनाइ छ । नेपालमा ४१ करोड ९८ लाख बराबरको कफी आयात हुँदै आएको छ । कफी उत्पादक किसान नवराज पोख्रेल किसानलाई बिउ, प्रशोधनसम्बन्धी तालिम र बजारीकरणको व्यवस्था गरिदिने हो भने उत्पादन बढाउन सकिने बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.