सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक अर्ब राजस्व उठाउने मालपोत कार्यालय भरतपुरको भवन भूकम्पको जोखिममा


  •    न्युजभित्तो/६ चैत्र २०८१, बिहीबार १५:३० 
  • चितवन, ७ चैत । विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनःनिर्माण हुन सकेको छैन । उक्त जोखिमपूर्ण भवनमा बसेर यहाँका कर्मचारीले वार्षिक रु एक अर्ब हाराहारीमा राजस्व उठाउँदै आएका छन् ।

    बाइपास सडकसँगै छ कठ्ठा जमिनमा रहेको जीर्ण भवनमा टिनमुनी अभिलेख राखिएका छन् । कार्यालयका प्रमुख रमेशप्रसाद गौतमका अनुसार भूकम्पपछि ठाउँठाउँमा चर्किएकाले भवन प्रयोग गर्दा उच्च जोखिम हुने भन्दै रातो स्टिकर टाँसिएको छ ।

    विसं २०५२ मा निर्माण गरिएको यो भवनमा ठाउँठाउँमा टिनले छाएर कार्यालयको काम गरिँदै आइएको छ । कार्यालयको नजिकै १७ कठ्ठा जग्गासमेत छ । सोही जग्गामा नयाँ भवन बनाएर पार्किङसहितको कार्यालय बनाउन पटकपटक भूमि व्यवस्था तथा अभिलेख विभागमा पत्र पठाइएको प्रमुख गौतमले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले विभागमा लेखेर पठाएका छौँ । तर हालसम्म नयाँ भवन बन्न सकेको छैन ।”

    कार्यालयमा ४२ जना कर्मचारी छन् । यहाँबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु ८७ करोड ७९ लाख ९० हजार राजस्व सङ्कलन भइसकेको प्रमुख गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा २१ हजार पाँच सय एक जनाले सेवा लिइसकेका छन् ।

    भरतपुर महानगरपालिकाका १९ वटा वडासँगै रत्ननगर र कालिका नगरपालिका एवं इच्छाकामना गाउँपालिकाका नागरिकलाई यहाँबाट सेवा दिने गरिएको छ । गौतमका अनुसार एक वर्षमा एक अर्बभन्दा बढी राजस्व यहाँ सङ्कलन हुन्छ । सङ्कलित राजस्वमध्ये पुँजीकर लाभकरबाहेक ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेशमा जाने गर्दछ ।

    उहाँले भन्नुभयो “हाम्रा अत्यन्तै महत्वपूर्ण अभिलेख भूइँको टहरो र छतको टहरोमा राख्न बाध्य छौँ ।” पानीले अभिलेख भिज्ने डरसँगै सेवाग्राहीको उच्च चापसँगै जोखिम भवनमा काम गर्नुपर्दा समस्या भएको प्रमुख गौतमले बताउनुभयो ।

    यहाँ आउने सेवाग्राहीले उच्च सवारी चाप भएको सडकको छेउमा पार्किङ गर्न बाध्य छन् । उहाँले थप्नुभयो, “नयाँ भवन बनाउन सकेमा पार्किङको समस्या हुँदैन ।” भूकम्पका बेला जोखिममा परेका धेरै भवन पुनःनिर्माण गरिए पनि यस भवनलाई बनाउनेतर्फ सम्बन्धित निकायबाट पहलकदमी नहुँदा सेवाग्राही र सेवाप्रदायक जोखिममा परेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.