चितवन सेरोफेरो
चितवन, १५ फागुन । पवित्र तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा गत माघको औँसीका दिन दुई हजार पाँच सयभन्दा बढीले मानिसले निःशुल्क भोजन गरे । यसैगरी माघे सङ्क्रान्तिको दिन पनि त्यत्तिकैको सङ्ख्याका भक्तजन एवं सर्वसाधारणलाई भोजन गराएको अभिलेख आश्रमसँग छ । त्यसो...
चितवन, १५ फागुन । भारतीय केराको आयातले यहाँ उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ । भारतबाट वैध र अवैध दुवै रुपमा भित्रिएको केराले बजार प्रभावित बनाएको हो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले यहाँको केरा बजारीकरणका...
चितवन, १३ फागुन । चितवनमा डढेलो नियन्त्रणका लागि पूर्व तयारी थालिएको छ । डिभिजन वन कार्यालय, चितवनले गर्मी बढेसँगै वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि आवश्यक तयारी थालेको हो । कार्यालयले डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखिएको...
चितवन,फागुन १२ । प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा चितवनका तिलकराम रिमाल चयन हुनुभएको छ । चौतारीको बागमती प्रदेश समितिको आज नारायणगढमा सम्पन्न दोस्रो अधिवेशनले रिमाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा उज्ज्वल पौडेल, उपाध्यक्ष (महिला) तारा...
मुग्लिन (चितवन), ११ फागुन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित ३ नम्बर पुलबाट मोटसाइकल दुर्घटना भई त्रिशूली नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामनगर बस्ने वर्ष...
चितवन, ११ फागुन । भरतपुर महानगरपालिका–२२ का किसानले सात जातका गहुँबालीको परीक्षण गरेका छन् । पदम कञ्चन कृषक पाठशालामा आबद्ध २५ कृषकले विभिन्न किसिमका गहुँको बीउ उत्पादन र गुणस्तरीयताको परीक्षण गरेका हुन् । गहँुको गुणस्तरीय बीउ उत्पादनसम्बन्धी पदम कञ्चन पाठशालामा...
चितवन, ९ फागुन । चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ । निकुञ्जका सूचना अधिकारी...
मुग्लिन, ८ फागुन । नेपाल चेपाङ सङ्घ चितवनको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः भीमबहादुर चेपाङ चयन हुनुभएको छ । बुधबार रत्ननगरस्थित नेपाल चेपाङ सङ्घको केन्द्रीय कार्यालयमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट भीमबहादुर चेपाङको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको...
चितवन, ६ फागुन । नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन् । सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए ।...
चितवन, ५ फागुन । गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सरोकारवाला चनाखो बन्न आग्रह गरिएको छ । फागनु लागेपछि वन क्षेत्रमा हुन आगलागीका कारण विभिन्न समयमा धनजनको क्षति हुने भएकाले निकुञ्ज र वन क्षेत्रमा...
















