चितवन सेरोफेरो
चितवन, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताउनुभयो । उहाँले भन्नुभयो,...
चितवन, २८ माघ । श्री कलेज अफ टेक्नोलोजी र श्रीचितवन कलेजले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । कलेज प्राङ्गढमा आईतबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुुलपति प्रा.डा.बिजुकुुमार थपलियाले कक्षा १२ पढेपछि...
चितवन, २७ माघ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा जङ्गली हात्ती (मकुना) को मृत्युका सम्बन्धमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ। आइतबार मन्त्रालयमा पहिलो बैठक बसेर समितिले कार्य प्रारम्भ गरेको हो। बैठकले समितिको आन्तरिक कार्यविधिको...
मुग्लिन (चितवन), २७ माघ । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको...
मुग्लिन (चितवन), २७ माघ । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ । कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे । तर केही वर्षयतादेखि खोलामा विष र करेन्ट प्रयोग...
भरतपुर (चितवन), २७ माघ । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले...
चितवन, २७ माघ । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका...
चितवन, २७ माघ । प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्षमा सुवास पण्डित पुनः चयन भएका छन् । शनिवार सम्पन्न प्रेस चौतारीको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पण्डित सर्वसम्मत चयन भएका हुन् । प्रेस चौतारी चितवनको उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने,...
मुग्लिन (चितवन), २५ माघ । चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि प्रथम राष्ट्रिय प्रदर्शनी हुँदैछ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा दुग्ध उत्पादनसम्बन्धी ५२ प्रदर्शनीकक्ष समावेश गरिएको चितवन जिल्ला दुग्ध...
चितवन, २४ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा आज दोस्रो चितवन जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित...
















