जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष खनालको जन्मदिनमा असहाय केन्द्रमा सेवा मूलक कार्यक्रम
न्युजभित्तो/१३ जेष्ठ २०८२, सोमबार ०७:२५
चितवन, जेठ १२। नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष तथा बीसहजार जेसीज २०१० का पूर्व अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको जन्मदिनको अवसरमा बीसहजार जेसीजको आयोजनामा भरतपुर–११ स्थित मनजुश्री असहाय केन्द्रमा “खाना खुवाउने तथा केक काट्ने” विशेष सेवा मूलक कार्यक्रम आईतबार सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि खनालले असहाय बालबालिकाहरूसँग जन्मदिन मनाउनु आफ्नो जीवनको सबैभन्दा भावुक र मूल्यवान् क्षण भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “सामाजिक सेवामा समर्पण गर्नु नै मानव जीवनको साँचो उद्देश्य हो। मैले जन्मदिनको अवसरमा असहाय बालबालिकाहरूसँग समय बिताउन पाउँदा गर्व महसुस गरेको छु।”
कार्यक्रममा खनालले बालबालिकाहरूसँग केक काट्दै आत्मीयता बाँड्नु भएको थियो । उहाँलाई बीसहजार जेसीज तथा मनजुश्री असहाय केन्द्रका साथीहरूले खादा, माला र पुष्पगुच्छासहित सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बीसहजार जेसीजका पूर्व अध्यक्षहरू—जेसी प्रमिला सुवेदी, जेसी सन्तोष मजाकोटी, जेसी वेदराज न्यौपाने, जेसी सुरज हमाल तथा मनजुश्री असहाय केन्द्रकी प्रमुख मञ्जु खाँड लगायतले मन्तव्य व्यक्त गर्दै अरुणेश्वर खनालको दीर्घकालीन नेतृत्व, सेवा भावना र सामाजिक योगदानको प्रशंसा गर्नुभएको थियो ।
अरुणेश्वर खनालले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवाको सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको रूपमा २०२१ मा काम गर्दा उहाँले संस्थालाई प्रभावकारी ढंगले सञ्चालन गरी देशभर विभिन्न सामाजिक परियोजनाहरू कार्यान्वयनमा ल्याउनु भएको थियो ।
बीसहजार जेसीजका अध्यक्ष जेसी दिवाकर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी जीवन ढकालले गर्नुभएको थियो भने सञ्चालन महासचिव जेसी विष्णु पोखरेलले गर्नुभएको थियो ।
चितवन, जेठ १२। नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष तथा बीसहजार जेसीज २०१० का पूर्व अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको जन्मदिनको अवसरमा बीसहजार जेसीजको आयोजनामा भरतपुर–११ स्थित मनजुश्री असहाय केन्द्रमा “खाना खुवाउने तथा केक काट्ने” विशेष सेवा मूलक कार्यक्रम आईतबार सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि खनालले असहाय बालबालिकाहरूसँग जन्मदिन मनाउनु आफ्नो जीवनको सबैभन्दा भावुक र मूल्यवान् क्षण भएको उल्लेख
गर्नुभयो । उहाँले भन्नुभयो “सामाजिक सेवामा समर्पण गर्नु नै मानव जीवनको साँचो उद्देश्य हो। मैले जन्मदिनको अवसरमा असहाय बालबालिकाहरूसँग समय बिताउन पाउँदा गर्व महसुस गरेको छु।”