सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा


  •    न्युजभित्तो/१७ जेष्ठ २०८२, शुक्रबार १५:४४ 
  • चितवन, १६ जेठ । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो ।
    करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवं कर्मचारी र निर्माण कम्पनीबीच कामलाई तीव्रता दिने सहमति भएको थियो । यससँगै मजदुर थप गरेर रातिको समयमा काम थालिएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका सञ्चालक विकास गौतमले जानकारी दिनुभयो । हाल बिहान ७ देखि राति १० बजेसम्म १४० भन्दा बढी मजदुरले काम गरिरहेका र यो सङ्ख्या २०० भन्दा बढी पुग्ने उहाँले बताउनुभयो । 
    “असारसम्म ४० प्रतिशत काम गर्नेगरी जनशक्ति परिचालन गर्न थालिएको छ । हाल भौतिक प्रगति २० प्रतिशत हाराहारी रहेको छ । प्याराफिटहरूमा सेन्टिङका काम भइरहेकाले छिट्टै प्रगति देखिने छ । यसअघि  आवश्यक रड र सिमेन्ट समयमा पाउन नसक्दा समस्या भएको थियो”, सञ्चालक गौतमले भन्नुभयो । 
    महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण हेर्ने कर्मचारी लिएर रङ्गशाला पुग्नुभएकी महानगर प्रमुख दाहालले निर्माण कम्पनीलाई कुनै समस्या भए सहजीकरण गर्न महानगर तयार रहेको भन्दै ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको थियो । उहाँले चालु आर्थिक वर्षका लागि प्राप्त बजेट नै ‘फ्रिज’ हुनसक्नेतर्फ सचेत रहन आग्रह गर्नुभएको थियो ।  सङ्घीय सरकारले रु २५ करोड र बागमती प्रदेश सरकारले रु १० करोड रङ्गशाला निर्माणका लागि बजेट निकासा गरिसकेको छ । बजेट सुनिश्चित र निकासाका लागि निकै मेहनत गर्नुपरेको भन्दै दाहालले लक्ष्यअनुसार काम गर्न आग्रह गर्नुभएको थियो । 
    महानगरले गौरवको आयोजनाका रूपमा प्राथमिकतामा राखेर रङ्गशाला निर्माण गरिरहेको छ । रङ्गशालाको प्यारापिट र भिआइपी टावर निर्माणको काम भइरहेको छ । रङ्गशालामा दुईवटा भिआइपी टावरको पहिलो तला ढलान गर्ने तयारी गरिएको छ । पश्चिमतर्फको प्यारापिटको सेन्टिङको काम भइरहेको छ ।
    धुर्मुस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माण गर्न नसकेपछि महानगरलाई स्वामित्व हस्तान्तरण गरेको थियो ।  महानगरले स्वामित्व लिएर सङ्घीय, प्रदेश तथा महानगर आफैँले समेत लगानी गर्ने गरी विसं २०८१ साउनबाट रङ्गशालाको काम सुरु गरिएको हो । रु ७८ करोडमा ठेक्का लगाइएको हो ।
    महानगरका इन्जिनियर सन्तोष आचार्यका अनुसार क्रिकेट मैदानसहित पाँचवटा पिच, ढलसहित मैदान निर्माण, दुईवटा तीन÷तीन तलाको भिआइपी टावर बनाइनेछ । एउटामा भिआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । १० हजार अट्ने प्यारापिट बन्नेछ । ३० महिनाभित्र निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.