सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होली भिजनमा वक्तृत्वकला प्रतियोगिता


  •    न्युजभित्तो/१६ जेष्ठ २०८२, बिहीबार २१:४३ 
  • भरतपुर १५ जेठ । नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखाको आयोजनामा सुर्तिजन्य उद्योगको आकर्षक चाल: प्राणघातक असर चिरौँ यो मोहजाल भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता बुधबार होली भिजन पब्लिक स्कुलमा सम्पन्न भएको छ ।

    विश्व धुमपान रहित दिवस २०२५ को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिता आरुषी कार्की प्रथम, प्रेजी ढुङ्गाना द्वितीय, रेहान्स बस्ताकोटी तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ३ हजार, २ हजार र १ हजार प्राप्त गरेका छन् ।

    कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि प्याब्सन भरतपुरका अध्यक्ष एवम् होली भिजन पब्लिक स्कुलका प्राचार्य मीनराज बस्ताकोटीले विद्यार्थीहरुलाई चेतनशील बनाएर अगाडि बढाएका कार्यक्रमहरु प्रभावकारी हुने बताउँदै विद्यार्थीहरु चेतनाका संवाहक भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखाका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा विद्यालयका सह प्राचार्य वेगनाथ गैरे, नेपाल रेडक्रस सोसाइटी उपशाखा लङ्कुका अध्यक्ष बद्रीनाथ पोख्रेल, विद्यालयका +२ संयोजक सिके बस्ताकोटी लगायतले मन्तब्य ब्यक्त गरेका थिए।
    कार्यक्रमको निर्णायकमा प्रा डा होमनाथ सापकोटा, बद्रीनाथ पोख्रेल, ओमप्रकाश पोख्रेल रहनुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.