सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालीगण्डकी सभ्यताको संरक्षण गर्न देवघाट दामोदरकुण्ड पदयात्रा गरिने


  •    न्युजभित्तो/१९ जेष्ठ २०८२, आईतवार १६:०५ 
  • चितवन, १८ जेठ । कालीगण्डकी सभ्यताको संरक्षण र यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वको प्रचारप्रसारका लागि आगामी जेठ २२ गतेदेखि देवघाटधामदेखि दामोदर कुण्डसम्मको पदयात्रा गरिने भएको छ । महेश संस्कृत गुरुकुल, देवघाटको नेतृत्वमा हुने यस ऐतिहासिक यात्रामा नेपाल तथा भारतका ५४ जना साधु–सन्तहरूको सहभागिता रहनेछ । कालीगण्डकी नदीको दुरी ४३१ किलोमिटर लम्बाइको क्षेत्रलाई समेट्ने गरी २५ दिनको पदयात्राको आयोजना गरिएको संयोजक फणीन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

    कालीगण्डकीको महत्वका साथै शालग्राम र गण्डकीतीर्थहरुको दर्शन पूजन, कालीगण्डकीको सम्भयाताको संरक्षण, धार्मिक तथा प्राकृतिक पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले पदयात्राको आयोजना गरिएको उनले बताए । कालिगण्डकी नदीमा पर्ने देवघाधाम केलादीघाट धाम, राम्दीधाम, ऋषिकेशधाम, रुद्रवेणीधाम, सेतीवेनीधाम, मोदीबेनीधाम, गलेश्वरधाम, कागबेनीधाम, मुक्तिनाथधाम र दामोदरकुण्डधाममा विशेष पूजा एवं जागरण सभा गरिने उनले जानकारी दिए ।

    कालिगण्डकी नदीको पदयात्रामा देवघाटदेखि लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पर्ने दामोदर कुण्डपुग्न ९ जिल्लाका १० नगरपालिका, २० गाउँपालिकाका १४९ वटा वडा पार गर्नुपर्ने हुन्छ । यस ऐतिहासिक पदयात्रामा स्थानीय तह तथा व्यक्तिगत रुपमा आवश्यक जलपान, भोजनप्रसाद र आवासको उचित प्रबन्ध मिलाई सहयोग गर्न समेत आह्वान गरिएको महेश संस्कृत गुरुकुलका अध्ययता सन्तोष गरीले जानकारी दिए । उनका अनुसार १ दिनमा २० देखि २२ किलोमिटरको यात्रा हुनेछ ।

    चार हजार ९९० मिटर उचाइमा रहेको दामोदर कुण्ड पुग्नका लागि आयोजकले यात्राको भौलोलिक कठिनाइलाई समेत मुल्यांकन गरेको छ । गिरीका अनुसार २ सय ६० किलोमिटर यात्रामा मोटरबाटो पुगेको छ । त्यस्तै ७० किलोमिटरको यात्रालाई मध्यम जटिलका रुपमा हेरिएको छ । बाँकी यात्रा कठिन नै हुने अनुमान गरिएको उनले बताए । २ सय २० मिटर सामुद्रिक उचाइबाट हिमाल पुग्नुपर्ने भएकाले सोही अनुसार साधु सन्तहरुलाई तयारी रहन आह्वान गरिएको उनले बताए । प्राचीन सभ्यताको जननी मानिने कालीगण्डकी करिडोरमा पवित्र देवघाट धामदेखि मुक्तिनाथ धामसम्म रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.