सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाजुराको गाउँमा खानेपानी पुर्‍याउन चितवनका ‘रोटरियन’ को पहल


  •    न्युजभित्तो/१७ जेष्ठ २०८२, शुक्रबार १५:४६ 
  • चितवन, १६ जेठ । यहाँका रोटरियनहरू मिलेर बाजुराको गाउँमा खानेपानी पुर्‍याउन पहल गरेको छन् । यहाँको रोटरी क्लब अफ रत्ननगरले बाजुराको विकट गाउँ डाडीपाटामा खानेपानी र सिँचाइको काम सुरु गरेको हो ।

    चितवनदेखि ८५० किलोमिटर टाढा पुगेर रोटरीका अभियन्ताहरूले बाजुराको गौमूल गाउँपालिका–६ मा पर्ने विपन्न बस्ती डाडीपाटामा सामाजिक काम थालेका हुन् । रोटरी क्लब अफ रत्ननगरले रोटरी क्लब अफ होनोलुलु सनसेट अमेरिका तथा अमेरिकाका अन्य केही क्लबहरूबाट सहयोग जुटाएर खानेपानी र सिँचाइको काम थालेको क्लबका सम्पर्क व्यक्ति जनक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रु ६५ लाखको लागतमा खानेपानी वितरणसँगै सिँचाइको व्यवस्था गर्न लागिएको छ । उक्त गाउँमा ३८ घरधुरी रहेका छन् । सोही ठाउँमा रहेको सामुदायिक विद्यालयमा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।

    क्लबका अध्यक्ष वीरञ्जना सापकोटाका अनुसार बस्तीभन्दा करीब १५० मिटर तलबाट बूढीगङ्गाको पानीलाई लिफ्ट प्रणालीबाट करिब ८०० मिटर उचाइसम्म पु¥याउने र ‘रिजर्भ ट्याङक’ सङ्कलन गरी त्यहीबाट वितरण गरिने छ । आगामी फागुनसम्म काम सम्पन्न हुने गरी काम भइरहेको रोटरी क्लब अफ होनोलुलु सनसेटका अर्जुन अर्यालले बताउनुभयो ।

    यहाँका रोटरियनहरूले ग्लोबल ग्रान्टबाट ग्रामीण क्षेत्रमा यो आयोजना अघि बढाएका हुन् । परियोजनाको संयोजन गर्नुभएका इन्जिनियर गुणेश्वर महतोका अनुसार अफ्ठ्यारो भूगोलमा भएकाले काम गर्न केही समय लाग्ने छ । यहाँ उपभोक्ताहरूले रु पाँच लाख बराबरको श्रमदान गरिरहेका छन् ।

    परियोजनाले ३८ परिवार र विद्यालयमा स्वच्छ पिउने पानी उपलब्ध गराउनुका साथै पशुपालन तथा सिँचाइमा सहयोग पुग्ने इन्जिनियर महतोले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.