चितवन सेरोफेरो

८१ हजार नगदसहित भरतपुरबाट दश जुवाडे पक्राउ

भरतपुर : चितवन प्रहरीले ८१ हजार रुपैयाँ नगद सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित पुरुषोत्तम उपाध्यायको घरबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ८१ हजार २ सय रुपैयाँ बरामद...

रत्ननगर १५ लाई बालमैत्री वडा घोषणाको तयारी

रत्ननगर : रत्ननगर नगरपालिका वडा नं. १५ लाई बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ । निर्धारित सबै सूचक पूरा गरेकाले घोषणाको तयारी गरिएको हो । वडा नं. १५ का वडा अध्यक्ष हुमनाथ लामिछानेले यही बैशाख २७...

अविवाहितले जन्माएको शिशु अन्त्येष्टी गर्न देवघाट पु-याएपछि ….

भरतपुर :  अन्त्येष्टी गर्न भनी देवघाट पु¥याईएकी एक अविवाहित आमाले जन्माएको बच्चा पुनः अस्पताल ल्याई उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मीका अनुसार उक्त नवजात शिशु (बालिका) को मृत्यु भएको भनि आईतबार दाहासंस्कार गर्न...

राष्ट्रिय जनगणना २०७८ को तयारी शुरु : गणना फराकिलो बनाइने

तिलकराम रिमाल भरतपुर : प्रत्येक १०/१० वर्षमा हुने जनगणना आगामी २०७८ सालमा हुनेछ । त्यसको तयारी शुरु गरिएको हो । आगामी जनगणनालाई व्यापक रुपमा फराकिलो बनाईने भएको छ । विगतमा संकलन गरिने तथ्यांकभन्दा यस पटक संकलन गरिने तथ्यांकको दायरा फराकिलो...

नारायणगढ बुटवल सडकमा वन्यजन्तु मार्ग बनाइँदै

चितवन : विस्तारको काम शुरु भएको नारायणगढ–बुटवल सडक खण्डमा वन्यजन्तु आवतजावत गर्नका लागि विभिन्न ठाउँमा वन्यजन्तु मार्ग भूमिगत मार्ग (अण्डर पास) बनाइने भएको छ । सो सडकको हाल ठाउँठाउँमा रहेका कल्भट र पुलबाट वन्यजन्तु आवतजावत गरिरहेका छन् । सडक विभागका...

एड्वानको सार्वजनिक सुनुवाइ, छोरीलाई विद्यालय पठाएर शिक्षित बनाउने सोच

चितवन : रत्ननगर नगरपालिकाकी सीता सुनारको जीवनमा एउटै उद्देश्य छ, आफ्ना छोरीलाई विद्यालय पठाएर शिक्षित बनाउने । लैङ्गिक विभेदबारे जानकारी पाउनाका साथै चेतना अभिबृद्धि भएपछि उहाँमा छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने सोच पलाएको हो । दलित महिला उत्थान सङ्घ नेपाल (एड्वान)ले...

नवलपुरमा थपिदै नयाँ उद्योग

– दयाराम आचार्य कावासोती : घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको डेढ महीनामा नवलपुरमा ६० नयाँ उद्योग थपिएका छन् । गएको चैतबाट कावासोतीमा रहेर सेवा प्रदान गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालयमा चैतमा मात्रै ४२ नयाँ उद्योग थपिएका छन्...

प्रेस स्वतन्त्रता दिवसमा चितवनमा प्रभातफेरी

भरतपुर : विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनले शुक्रबार भरतपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । शाखाको कार्यालयबाट शुरु भएको प्रभातफेरी चौबीसकोठीमा पुगेर सम्पन्न भएको थियो । प्रभातफेरी पछि आयोजित सभालाई सम्बोधन गर्दै महासंघ चितवन शाखा...

दुई सडकका लागि थप बजेट पार्न सांसद पोखरेलको पहल

चितवन ।  चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले आफ्नो क्षेत्रका दुई निर्माणाधिन सडकका लागि थप बजेटको पहल गर्नुभएको छ । उहाँकै पहलमा ती सडक आयोजनाका लागि थप ४ करोड रुपैयाँ विनियोजन भएको हो । सांसद पोखरेलको निर्वाचन क्षेत्र अन्तर्गत...

अतिक्रमित केरुङ्गा घोल व्यवस्थित गरिँदैं, डिपिआर बनाउने काम शुरु

चितवन :   भरतपुर महानगरपालिका–११ हुँदै राप्ति नदीसम्म पुगेको केरुङ्गा घोललाई व्यवस्थित गरिने भएको छ । घोलको बीचभाग र दायाँवायाँ अतिक्रमण हुने क्रम बढेकाले घोललाई सिमाङ्कन गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको हो ।   भरतपुर महानगरपालिका–११ मा नारायणी लिफ्ट सिँचाइबाट शुरु...