सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आर्थिक पत्रकारिता तालिम सम्पन्न


  •    /२४ असार २०७६, मंगलवार १९:३७ 
  • नारायणगढ । नेपाल पत्रकार महासंघ चितवन शाखा र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा सञ्चालित तीन दिने आर्थिक पत्रकारिता तालिम मंगलबार सम्पन्न भयो । आइतबारदेखि शुरु भएको तालिममा जिल्लाका २८ जना क्रियाशील पत्रकारको सहभागिता रहेको थियो ।

    समापन कार्यक्रममा महासंघका अध्यक्ष राधेश्याम खतिवडाले तालिमले यस क्षेत्रको आर्थिक गतिविधिलाई शुक्ष्म तरिकाले समाचार सम्प्रेषण गर्न सहयोग मिल्ने बताउनुभयो । अब राजनीतिक मुद्दा बाँकी नरहेको भन्दै अध्यक्ष खतिवडाले आर्थिक गतिविधिमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

    तालिममा सहभागी पत्रकारहरुले जिल्लाका एउटा/एउटा विषयमाथि कलम चलाएर ती सामग्रीलाई संघको सहयोगमा पुस्ताकाकार दिईने जानकारी उहाँले दिनुभयो ।

    सो अवसरमा संघका अध्यक्ष सहनलाल प्रधानले यस प्रकारको तालिम सञ्चालन गर्ने विगत नौ वर्षदेखिको आफ्नो चाहना पूरा भएको बताउनुभयो । तालिमले यहाँको उद्योग व्यवसायलाई प्रबद्र्धन गर्न सहयोग मिल्ने अपेक्षा प्रधानले गर्नुभयो ।  तालिममा पत्रकारहरुलाई अध्यक्ष प्रधानले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    • स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.