सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार काफ्लेले प्राप्त गरेको पुरस्कारमा थप गरी शिक्षामा


  •    /२६ असार २०७६, बिहीबार २०:१० 
  • माडी । पत्रकार बिप्लव काफ्लेले प्राप्त गर्नुभएको नगद पुरस्कारमा दुई हजार थप गरी शिक्षका लागि दान गर्नुभएको छ । माडी नगरपालिकाले काफ्लेलाई बिहीबार सम्मान गरेको छ । माडीका सकारात्मक सूचना एवम् समाचार सम्प्रेशणमा खेलेको भूमिकाको कदर गर्दै तेस्रो नगरसभाको समापन कार्यक्रममा उहाँलाई नगद सहित सम्मान गरिएको हो ।


    प्रदेश सांसद रामलाल महतो, नगरप्रम्ख ठाकुरप्रसाद ढकाल र उपप्रमुख ताराकुमारी काजी महतोले संयुक्त रुपमा काफ्लेलाई सम्मान गर्नुभएको हो ।
    उहाँले प्राप्त गरेको नगद १० हजारमा २ हजार थप गरी नगर शिक्षा कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । माडी नगरपालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पढाउन सहयोग गर्ने गरी स्थापना गरेको कोषमा हालसम्म १ लाख ५० हजार रुपैयाँ जम्मा भएको छ ।
    पत्रकार काफ्ले २०६५ सालदेखि पत्रकारितमा क्रियाशील हुनुहुन्छ । उहाँ कायाकैरन दैनिकका समाचार सम्पादक तथा कारोबार दैनिकका चितवन संवाददाता हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
    स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
    • एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
    • कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
    • लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
    • साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.