सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवा समाजको कार्यालयमा चोरी र तोडफोड


  •    /२४ असार २०७६, मंगलवार १९:१५ 
  • चितवन । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील युवा समाज नेपालको नारायणगढ स्थित मुख्य कार्यालयमा सोमबार राती तोडफोड र चोरी भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको कार्यालयमा रातको समयमा तोडफोड र चोरी भएको हो ।

    समाजका अध्यक्ष केशव रेग्मीका अनुसार अज्ञात समूहले भवनको च्यानल गेट र भित्री ढोका फोरेर कम्युटर र कागजात छर्नुका साथै तोडफोड गरेका छन् । त्यहाँ रहेको एउटा ल्याबटप चोरी भएको उहाँले जानकारी दिनु भयो । घटनाको प्रकृति हेर्दा समूह नै प्रवेश गरेको जस्तो देखिने रेग्मीले बताउनुभयो । केहि समय अघि वाल विकास कार्यक्रम अन्तर्गत वचत संकलन हुने गरेको थियो । वचत रकम भएको अनुमानमा चोरी गरिएको हुनसक्ने रेग्मीले बताउनु भयो ।

    वि.सं. २०५१ सालमा स्थापना भएको समाजले चितवन, गोर्खा र तनहुँमा खानेपानी एवं सरसफाईका २७ आयोजना सम्पन्न गरेको पूर्व अध्यक्ष लिलाधर पौडेलले बताउनु भयो । यससँगै बालवालिका, महिला र मानवअधिकारका क्षेत्रमा समाजले काम गर्दै आएको छ ।
    समाजले घटनाका सम्बन्धमा प्रहरीमा जानकारी गराएको छ । समाजका पूर्व अध्यक्ष पौडेलले सामाजिक संस्थामा भएको चोरी र तोडफोड निन्दनीय भएको बताउनु भयो । दोषीमाथि कडा कारवाही गर्न माग समेत समाजले गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले चोरी नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
    • थलथलेमा खानेपानीको समस्या हट्यो
    • तातो हावाको लहर कायमै रहने सम्भावना
    • सुनचाँदीको मूल्य घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.