सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित, १२ देखि २५ लाखसम्म बढी शुल्क असुलेको आरोप


  •    /२४ असार २०७६, मंगलवार १८:३७ 
  • तिलकराम रिमाल

    चितवन, २४ असार । नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेजका विद्यार्थी आन्दोलित बनेका छन् । सरकारले तोकेभन्दा १२ लाखदेखि २५ लाख रुपैयाँसम्म बढी शुल्क कलेजले असुलेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

    कलेजमा एमबिबीएस पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका हुन् । उनीहरुले कलेज प्रशासनले बढी लिएको शुल्कको रसिद नदिने, चेक मार्फत् भक्तानी नलिने र नगदै बुझाउनु पर्ने बाध्यता रहेको बताएका छन् ।

    विद्यार्थीहरुले मंगलबार भरतपुरस्थित मेडिकल कलेजको अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुको जुलुस चौबीसकोठीसम्म पुगेको थियो । झरीको दिनमा पनि कोही छाता ओढेर त कोही पानीमा भिज्दै प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले शुल्क बढी लिन पाईदैन, बढी लिईएको शुल्क फिर्ता गरे, मेडिकल माफिया मुर्दावाद जस्ता नारा लगाएका थिए ।

    स्वतस्फूर्त रुपमा आन्दोलित विद्यार्थीहरुले मन्त्रालयले विगतमा गरेको सम्झौता विपरित कलेजले शुल्क असुल गरिरहेको आरोप लगाए ।
    एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीले सरकारले तोकेको ४२ लाख मध्ये २१ लाख रुपैयाँ शुरुमै बुझाएको र भर्नाको समयमा थप ६ लाख रुपैयाँ रसिद बिना नगदै बुझाएका बताउनुभयो । नाम नबताउने शर्तमा उहाँले भन्नुभयो “२७ लाख रुपैयाँ बुझाएको भए पनि अहिले कलेजले थप २७ लाख रुपैयाँ माग गरिरहेको छ ।”

    कलेजले एमबीबीएसको भर्ना शुल्क नेपाल सरकारले तोकेको भन्दा १२ लाखदेखि २५ लाख रुपैयाँसम्म अवैध रुपमा असुलेको विद्यार्थीको आरोप छ । सरकारले एबीबीएसकोे भर्ना शुल्क ४२ लाख तोकेको छ । तर मेडिकल कलेजले बिना रसिद विद्यार्थीबाट अवैध शुल्क असुलिरहेको छ । कलेज प्रशासनसँग शुल्कको कुरा गर्दा उल्टै धम्क्याउने गरेको विद्यार्थीले बताए । एबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुविन साह भन्नुहुन्छ “हामीलाई कलेजले चरम अन्याय गरेको छ, यसको विरुद्ध आन्दोलित भएका हौं ।”

    “आईओएमले पुरक परीक्षा शुल्क दुई हजार पाँच सय रुपैयाँ तोकेको छ तर कलेजले पाँच हजार असुलिरहेको छ । यसको विरुद्धमा बोल्दा उल्टै कलेजले धम्क्याउँछ ।” साहले भन्नुभयो “माग पूरा नभएसम्म आन्दोलन रोकिंदैन ।” तेस्रो वर्षमा अध्ययनरत अर्का विद्यार्थी वसन्त साहले परीक्षाका बेला पैसा माग्ने र मानसिक तनाव दिने गरेको बताउनुभयो । कलेजको अत्याचार विरुद्ध ¥याली निकाल्न खोज्दा परीक्षामा फेल गर्ने धम्की दिएको उहाँले आरोप लगाउनुभयो ।

    कलेज प्रशासनले अभिभावकलाई फोन गरेर विद्यार्थी फेल गरिदिने, परीक्षामा सहभागी हुन नपाउने जस्ता तनाव दिने गरेको विद्यार्थीहरुले बताए ।

    विगतमा विद्यार्थीहरुले आन्दोलन गरेपछि शिक्षा मन्त्रालयले गत चैत ७ गते विद्यार्थीबाट लिएको रकम एक महिनाभित्र फिर्ता गर्न कलेजलाई निर्देशन दिएको थियो । तर, सरोकारवालाहरुसँगको सहमतिपछि मन्त्रालयले दिएको निर्देशनले तीन महिना पार गर्दा पनि कार्यान्वयन भएको छैन । मन्त्रालयले विश्वविद्यालयका प्रतिनिधि, कलेज सञ्चालक, नेपाल मेडिकल काउन्सिल र मन्त्रालयको प्रतिनिधिको रोहबरमा शुल्क फिर्ताको अनुगमन गर्ने निर्णय पनि गरेको थियो । परीक्षा, इन्टर्नसिप, भर्ना, रजिस्ट्रेसन, पुस्तकालय, फिल्ड भिजिट, डेभलपमेन्टलगायत शीर्षक राखेर कलेजहरूले सरकारले तोकेभन्दा दुई गुना बढीसम्म रकम लिने गरेका छन् ।

    त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका मेडिकल कलेजहरूले एमबीबीएस, बीडीएस लगायत मेडिकल शिक्षका अन्य विषयमा विद्यार्थीसँग तोकेभन्दा लाखौं बढी रकम उठाएर ठगी गर्दै आएको विद्यार्थीहरुको आरोप छ । मन्त्रालयले नेपाल मेडिकल काउन्सिलसहित दुवै विश्वविद्यालयलाई रकम फिर्ता गर्न पत्राचार गरे पनि मेडिकल कलेज सञ्चालकहरुले टेरपुच्छर लगाएका छैनन् ।

    अस्पतालका निर्देशक डा. दयाराम लम्सालले आफू अस्पतालको इमर्जेन्सीमा हेड इन्जुरीको बिरामी हेरिरहेको बताउँदै यस सम्बन्धमा कलेजका प्रिन्सिपल अरुण कोईरालालाई सम्पर्क गर्न भन्नुभयो ।

    कलेजका प्रिन्सिपल कोईरालालाई यस सम्बन्धमा पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । अस्पतालका व्यवस्थापक पारस अधिकारीले विद्यार्थी आन्दोलनका बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.