सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश ३ का सबै स्थानीय तहमा शान्ति उद्यान निर्माण गरिने


  •    /२४ असार २०७६, मंगलवार १४:१२ 
  • हेटौंडा । प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैै लैजाने उद्देश्यले शान्ति उद्यान निर्माण गर्न लागेको हो । चार वर्षभित्र निर्माण सम्पन्न हुनेगरी उद्यान निर्माणको काम प्रारम्भ गरिने मन्त्रालयले जनाएको छ । स्थानीय तहहरुसँगको साझेदारीमा उद्यान निर्माण गरिने मन्त्रालयले जानकारी दिएको छ ।

    शान्ति उद्यान निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६/ ७७ का लागि मात्र रु १० करोड बजेट छुट्याएको छ । स्थानीय तहसँग पहिले प्रस्ताव माग गर्ने र प्रस्तावका आधारमा बजेटको परिधिमा रहेर काम गर्ने मन्त्रालयको तयारी रहेको जनाइएको छ । शान्ति उद्यान निर्माणका लागि कार्यविधि बनाएर काम गर्न लागिएको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । उद्यान निर्माणमा स्थानीय तहलाई पनि लगानी गर्न लगाउने उहाँको भनाइ छ ।

    ‘प्रदेश ३ सरकार तत्लो वर्गसम्म पुग्दैछ’

    मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार समाजको तल्लो वर्गसम्म पुग्ने गरी काम थालेको बताउनुभएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा ‘प्रदेश सरकारको पहिचान निःशुल्क कानूनी सहायता अभियान’ द्वारा सोमबार हेटौँडामा आयोजित समीक्षा कार्यक्रममा उहाँले तल्लो वर्गका अन्यायमा परेका दलित, महिलासम्म प्रदेश सरकार पुग्न कानूनी सहायता कार्यक्रम ल्याइएको बताउनुभयो ।

    उहाँले प्रदेश सरकारले नियुक्त गरेका कानूनी सहजकर्ताले गाउँघरमा हुने छुवाछूतजस्ता अपराधका घटनाबारेमा प्रदेश सरकारलाई रिपोर्ट गर्नुपर्ने बताउनुभयो । कानूनी सहजकर्तालाई क्षमता, अनुभव र सकारात्मक सोचसहित काम गर्न निर्देशन दिनुभयो । कर्मचारी र सुरक्षा निकायले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताउँदै मन्त्री जम्कट्टेलले तीन तहका सरकारका आफ्नै अधिकार भएकाले यसैअनुसार सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी ११ जिल्ला समन्वय समितिका उपप्रमुख, स्थानीय तहमा खटाइएका सहजकर्ताले आफ्ना समस्या र धारणा व्यक्त गरेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.