सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्री अधिकारीको निधनपछि भरतपुर विमानस्थल विस्तारको प्रक्रिया सेलायो


  •    /२७ असार २०७६, शुक्रबार १५:३७ 
  • चितवन । तराईको लुक्ला भनेर चिनिने निकै जोखिमपूर्ण मानिएको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनसँग सेलाएको छ । अधिकारी आफैँ भरतपुर आएर सरोकारवालासँग छलफल गरी तत्काल विमानस्थल विस्तारका लागि गृहकार्य अघि बढाउन निर्देशन दिनुभएको थियो ।

    अधिकारीले प्रक्रिया अगाडि बढाइरहेको बेला फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी उहाँको निधनसँगै विमानस्थल विस्तार प्रक्रिया सेलाएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार मन्त्री अधिकारीले विमानस्थललाई विस्तार गर्न आवश्यक पर्ने सम्पूर्ण विवरण स्थानीय तहमार्फत पठाउन निर्देशन दिनुभएको थियो ।

    सोहीअनुरुप कार्यालयले भरतपुर महानगरपालिकालाई आवश्यक धावनमार्गका बारेमा खुलाएर पठाइएको थियो । सोही पत्रका आधारमा महानगरपालिकाले पर्यटन मन्त्रालयमा कार्यपालिकाको बैठकले निर्णय गराई पठाएको थियो । भरतपुर महानगरपालिकाले विमानस्थल विस्तारका क्रममा नेपाली सेनालाई अन्यत्र स्थान दिन सकिने जनाएको छ ।

    महानगरपालिका प्रमुख रेणु दाहालले विमानस्थल विस्तारको प्रक्रियामा सोझै मन्त्री अधिकारीसँग छलफल गरी काम अघि बढाएको जनाउनुभएको थियो ।

    भरतपुर विमानस्थलको अहिलेको धावनमार्ग एक हजार २०० मिटर लामो छ । जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र बिजुलीका पोल÷तार भएकाले पूरै क्षेत्र जहाजले लिन पाउने अवस्था छैन । जसका कारण लुक्लामा झैँ छोटो ठाउँमा एक्कासि अवतरण गर्नुपर्ने बाध्यता छ । जसका कारण जहाजभरि यात्रु राख्नसमेत नसकिएको विमान कम्पनीले जनाउँदै आएका छन् ।

    धावनमार्गसँग जोडिएको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेमा ६०० मिटर धावनमार्ग थप गर्न सकिने गौतमले बताउनुभयो । जसले गर्दा सुरक्षित तवरबाट ७२ सिटका जहाज अवतरण गर्न सकिने गौतमको भनाइ छ । महानगर प्रमुख दाहालले अब मन्त्री नियुक्त भएसँगै अघि बढेको प्रक्रियालाई गति दिने बताउनुभयो । भरतपुरबाट काठमाडौँ र पोखरा हवाई सेवा रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 
    रासस गण्डकी प्रदेश प्रमुख पौडेल सम्मानित
    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता
    • उत्साहित छन् नयाँ मतदाता
    • रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
    • मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’
    • साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.