सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थीले पठाए प्रधानमन्त्रीलाई फलफुल र तरकारी


  •    /२४ असार २०७६, मंगलवार १९:५२ 
  • भरतपुर । विषादीयुक्त तरकारी र फलफूल परीक्षण नगरी भारतबाट ल्याईएको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्व विद्यालयको संयोजनमा गरिएको विरोध प्रदर्शनमा विषाक्त तरकारी तथा फलफुल प्रदर्शन गरिनुका साथै प्रधानमन्त्रीलाई पठाईएको छ ।

    विद्यार्थीहरुले मंगलबार भरतपुरको चौविसकोठीदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रदर्शन गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले सरकार विरोधी नारा समेत लगाएका थिए ।

    प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय चितवन मार्फत प्रधानमन्त्री कार्यालयलाई लौका, काउली, गोलभेडा, काँक्रो, फर्सीलगायतका तारकारी तथा फलफुल पठाएका थिए । विद्यार्थीहरुको ज्ञापन पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यो निर्णय सरकारी तवरवाट भएकाले आफुले केहि गर्न नसक्ने तर विद्यार्थीको आवाजलाई सम्बन्धित निकायमा पठाउने बताउनु भयो ।

    ज्ञापन पत्र वुझाउँदै कृषि तथा वन विज्ञान विश्वविद्यालय नेविसंघ ईकाईका अध्यक्ष संयम पण्डितले आफुहरुको जायज मागको सुनुवाई नभए चरणवद्ध आन्दोलन गर्ने बताउनु भयो । कार्यक्रममा विद्यार्थी नेताहरु परमेश्वर खनाल, कल्पना पौडेल, सरोज रेग्मी, निरज अग्रवाल, कृष्ण वगाले, राजेश भूषाल, राजेश पौडेल, कृष्ण सापकोटा, प्रनिशा गुरुङ्, ईन्द्रजित गोहित, सुवर्ण खरेल, विसव कुमार, कृष्ण प्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.