सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मृत्युपछि आँखा दान गर्नेको सङ्ख्यामा वृद्धि, एक व्यक्तिको आँखाले दुई जनाले संसार देख्न पाउने


  •    /२७ असार २०७६, शुक्रबार १५:२९ 
  • नारायण अधिकारी
    चितवन ।

    पछिल्लो समय आँखा दान गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको पाइएको छ । मृत्युपछि जलेर जाने आँखाको नानीले दुई जनालाई दृष्टि दिन सक्छ भन्ने सन्देश प्रवाह भएसँगै आँखा दान गर्न इच्छा व्यक्त गर्नेको सङ्ख्या बढ्दै गएको छ । यससँगै मृत्युपछि आँखा दान गर्ने क्रम पनि बढेको छ ।

    भरतपुर आँखा अस्पतालका सहायक व्यवस्थापक छाया श्रेष्ठका अनुसार असार १३ गते नारायणगढका ८४ वर्षीय मुक्तिलाल चुके र २५ गते नारायणगढकै ९० वर्षीया मीनकुमारी जोशीको आँखा परिवारले दान गराएका छन् । मृत्युपछि परिवारले उहाँहरुको आँखा दान गराएका हुन् । अस्पतालले उहाँहरुसहित हालसम्म सात जनाको आँखाको नानी निकालिएको छ । गत भदौ यता आँखा नानी सङ्कलन थालिएको हो । हालसम्म आँखा दान गर्न मन्जुरी गर्नेको सङ्ख्या २६६ पुगेको छ ।

    श्रेष्ठका अनुसार मृत्यु भइसकेपछि तत्काल परिवारलाई बुझाउन सकेमा जोसुकैले आँखा दान गर्ने गर्दछन् । यद्यपि शोकको समयमा यसतर्फ ध्यान दिने कम भएकाले परिवारलाई बुझाएर आँखा दान गराउन समस्या हुने गरेको छ ।

    चिकित्सकका अनुसार मृत्युपश्चात् जतिसक्दो चाँडो आँखा झिक्नुपर्ने हुन्छ । सामान्य ढङ्गबाट प्राविधिकले छोटो समयमा आँखाको पातलो झिल्ली मात्रै झिके पुग्दछ । कतिपयले आँखा पूरै निकाल्ने सोचका कारण दान गर्न हिच्किचाउने गरेको पाईन्छ ।

    अस्पतालका डा पुष्पा गिरीले एक वर्ष भारतको मधुराईमा रहेको अरविन आँखा अस्पतालमा प्रत्यारोपणसम्बन्धी उच्चस्तरको तालिम लिएर आउनुभएको छ । झण्डै डेढ वर्षयता उहाँले ७० जनामा आँखाको नानी प्रत्यारोपण गरेको जानकारी दिनुभयो । गिरीका अनुसार तिलगङ्गामा रहेको नेपाल आँखा बैंकबाट नानी ल्याएर यहाँ प्रत्यारोपण गर्ने गरिएको छ । गिरीका अनुसार आँखामा फुलो परेको, चोटपटक लागेको र कतिपय जन्मजात आँखा नदेख्नेको पनि नानी प्रत्यारोपण गरेर दृष्टि फर्काउन सकिन्छ ।

    यहाँ सङ्कलन गरिएको नानीलाई तिलगङ्गामा प्रशोधनका लागि पठाउने गरिन्छ । भरतपुर आँखा अस्पताललाई नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गर्दै आएको छ । सङ्घका सभापति कृष्णराज धरेलका अनुसार यहाँ नै आँखा बैंक स्थापनाका लागि स्थानीय भीमराज पाठक र उहाँकी धर्मपत्नी उषामाया पाठकले रु एक करोड ५० लाख दान गर्नुभएको छ । सो रकममा थप गरी आँखा बैंक स्थापना गर्ने लक्ष्य रहेको सभापति धरेलले बताउनुभयो ।

    हाल अस्पतालभित्र भीमराज उषामाया पाठक आँखा बैंक नामक संस्था स्थापना गरी नानी सङ्कलनको काम भइरहेको छ । आँखा बैंक स्थापनाका लागि विभिन्न सङ्घ संस्थाले चासो देखाएको सभापति धरेलले बताउनुभयो । आँखा प्रत्यारोपण गर्नुपर्ने धेरै भए पनि मृत्युपछि आँखा दान गर्नेको सङ्ख्या बढ्न भने सकेको छैन । जिल्लाका दुई लायन्स क्लबले आँखा दानसम्बन्धी सचेतना कार्यक्रम शुरु गरेका छन् । लायन्स क्लब अफ नारायणी एमजेएफ र लायन्स क्लब अफ चितवन राईजले आँखा दान गर्न प्रचारका कार्यक्रम अघि बढाएका छन् ।

    एमजेएफका अध्यक्ष राजन गौतमले मृत्युपछि एक जनाले आँखा दान गर्दा जीवित दुई जनाले आँखा देख्न सक्ने सन्देश घरघरमा पु¥याउन दुई लायन्स क्लबले अभियान शुरु गरेको जानकारी दिनुभयो । स्थानीय तहमार्फत शिक्षण संस्था, सरकारी कार्यालय, सामाजिक सङ्घ संस्थामार्फत अभियान गरिने उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.