चितवन सेरोफेरो

दलित ‘होम स्टे’ अनुसन्धानको केन्द्र बन्दै

सानेबहादुर नेपाली तनहुँ  / तनहुँको व्यासनगरपालिका–१४स्थित आँपस्वाँरामा सञ्चालित दलित घरवास(होम स्टे) आन्तरिक एवं बाह्य पर्यटकको अनुसन्धानको केन्द्र बन्दै गएको छ । नेपालकै पहिलो दाबी गरिएको उक्त होमस्टेमा अनुसन्धानको लागि जापान, अमेरिका, जर्मनी, चीनलगायतबाट बाह्य र काठमाडौँ, पोखरा, चितवनलगायतका जिल्लाबाट आन्तरिक...

पर्यटनबाट एक वर्षमा ६९ अर्ब ७५ करोड आम्दानी

काठमाडौँ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख आम्दानी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिसटिक्स–२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा...

त्रिशुलीमा बेपत्ता ट्रकका सहचालक मृत भेटिए

चितवन । त्रिशुली नदीमा गएराति ट्रक खस्दा बेपत्ता भएका सोही ट्रकका सहचालक मृत अवस्थामा भेटिएका छन् । दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङको दुर्घटनास्थल नजिकै त्रिशुली नदी किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भैरहवाबाट दाना बोकेर...

त्रिशूलीमा ट्रक खस्यो, एकजना बेपत्ता

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन् । दुर्घटनामा ट्रकका सहचालक बेपत्ता छन् भने चालक घाइते भएका प्रहरीले जनाएको छ । भैरहवाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख...

मकवानपुरमा बाढीले बगाउँदा दुईको मृत्यु , त्रिभूवन राजपथ अवरुद्ध

हेटौँडा । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित दुर खोलाले बगाउँदा सोही वडाका ५५ वर्षीय सानुकान्छा सुनारको मृत्यु भएको छ । सुनारको शव आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै, मकवानपुरमा नै बाढीले बगाउँदा एक छात्राको...

वर्षाले माडी–ठोरी हुलाकी सडक अवरुद्ध

चितवन । निरन्तरको वर्षाले खोला बढेपछि माडी–ठोरी हुलाकी सडकखण्ड अवरुद्ध बनेको छ । माडी नगरपालिका–३ र ४ को सिमानामा रहेको मगई खोला र घाङ्गर खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान...

मन्त्री अधिकारीको निधनपछि भरतपुर विमानस्थल विस्तारको प्रक्रिया सेलायो

चितवन । तराईको लुक्ला भनेर चिनिने निकै जोखिमपूर्ण मानिएको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनसँग सेलाएको छ । अधिकारी आफैँ भरतपुर आएर सरोकारवालासँग छलफल गरी तत्काल विमानस्थल विस्तारका लागि गृहकार्य अघि बढाउन निर्देशन दिनुभएको थियो । अधिकारीले...

मृत्युपछि आँखा दान गर्नेको सङ्ख्यामा वृद्धि, एक व्यक्तिको आँखाले दुई जनाले संसार देख्न पाउने

नारायण अधिकारी चितवन । पछिल्लो समय आँखा दान गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको पाइएको छ । मृत्युपछि जलेर जाने आँखाको नानीले दुई जनालाई दृष्टि दिन सक्छ भन्ने सन्देश प्रवाह भएसँगै आँखा दान गर्न इच्छा व्यक्त गर्नेको सङ्ख्या बढ्दै गएको...

विप्लव समूहका जिल्ला सेक्रेटरी ज्योतिनगरबाट पक्राउ

चितवन । चितवन प्रहरीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सोलुखुम्वु जिल्ला सेक्रेटरी शिवा खड्कालाई चितवनको ज्योतिनगरबाट पक्राउ गरेको छ । लुकिछिपि बसेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं.२६ ज्योतीनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी...

पत्रकार काफ्लेले प्राप्त गरेको पुरस्कारमा थप गरी शिक्षामा

माडी । पत्रकार बिप्लव काफ्लेले प्राप्त गर्नुभएको नगद पुरस्कारमा दुई हजार थप गरी शिक्षका लागि दान गर्नुभएको छ । माडी नगरपालिकाले काफ्लेलाई बिहीबार सम्मान गरेको छ । माडीका सकारात्मक सूचना एवम् समाचार सम्प्रेशणमा खेलेको भूमिकाको कदर गर्दै तेस्रो नगरसभाको...