सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कामनामा एक हजारको खाता खोल्दा एक लाखको उपचार खर्च, भरतपुरकी सीता भुजेलले पाउनु भयो ५६ हजार


  •    /२ आश्विन २०७६, बिहीबार २१:४७ 
  • नारायणगढ । एक हजार रुपैयाँमा बैंक खाता खोल्दा एक लाख रुपैयाँसम्म उपचार खर्च पाईन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर कामना सेवा विकास बैंकले स्वर्णिम सुरक्षित खाता खोल्ने सेवाग्राहीले यो सुविधा दिएको छ । एक हजार रुपैयाँमा खोल्न सकिने यो खाता हुने सेवाग्रही बिरामी परेमा उपचार खर्च वापत अधिकतम एक लाख रुपैयाँसम्म बैंकले दिने गरेको छ ।

    भरतपुर महानगरपालिका वडा नं. १० की सीता भुजेलले बिहीबार उपचार खर्च वापत ५६ हजार ३०५ रुपैयाँ प्राप्त गर्नुभयो । बैंकले नारायणगढको लायन्सचोक शाखामा एक कार्यक्रमको आयोजना गरी भुजेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

    औषधोपचार बीमा वापत दावी रकमको चेक हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानले उक्त चेक भुजेललाई हस्तान्तरण गर्नुभयो ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रधानले यस कार्यक्रमले बैंकप्रतिको विश्वास बढेर गएको बताउनुभयो । “बैंकको काम व्याज र ऋण मात्र लिने ठाउंँ हो भन्ने आम जनमानसको बुझाई रहेको बेला सेवाग्राहीले औषधी उपचार खर्च वापत रकम पाउनु निकैनै सह्रानीय बिषय हो” उहाँले भन्नुभयो ।

    सो अवसरका बोल्दै बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले बैंकले स्वर्णिम सुरक्षित खाता शुरु गरेसंँगै यसतर्फ सेवाग्राहीको आर्कषण बढेको बताउनुभयो । उहाँले स्वर्णिम सुरक्षित खाता हुने सेवाग्रहीको सात लाख बराबरको दुर्घटना बीमा पनि गरिएको जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु मात्रै नभएर अंगभंग भए पनि सोही अनुपातमा भुक्तानी दिईने उहाँको भनाई थियो । उहाँले स्पष्ट पार्दै भन्नुभयो “बैंकले एक हजार रुपैयाँको यस खाता खोलेपछि एक लाख रुपैयाँसम्मको उपचार खर्च र ७ लाख रुपैयांँ बराबरको दुर्घटना बीमा उपलब्ध गराउंँछ ।”

    उक्त खोता खोल्नु भएकी भुजेलले काठमाण्डौंको ओम अस्पतालमा पाठेघरको ट्यूमरको अप्रेसन गरेपछि रकम प्राप्त गर्नुभएको हो । भुजेलले यस योजना अन्तर्गत आफूले सहजै उपचार खर्च पाएकोमा खुशी व्यक्त गर्दै बैंकप्रतिको विश्वास अझै बढेको बताउनुभयो ।

    कामना विकास बैंकको देशभर ९९ वटा शाखा रहेका छन् भने चितवनमा मात्रै १३ वटा शाखा सञ्चालनमा छन् । यसबर्ष १ सय २५ वटा शाखा पु¥याउने लक्ष्य बैंकको रहेको शाखा प्रबन्धक सुशील भट्टराइले जानकारी दिनुभयो ।

    स्वर्णिम सुरक्षित खाताका अतिरिक्त बैंकले सामान्य बचत, सामाजिक सुरक्षा बचत, स्वर्णिम बचत, स्पेशल बचत, सवल नारी बचत, शुभारम्भ बचत, पेन्सनल बचत, बाल बचतलगायतका बचत खाता सञ्चालन गर्दै आएको भट्टराईले जानकारी दिनुभयो । बैंकले मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म व्याज दिंदै आएको छ । बैंकको लायन्सचोक शाखामा सुनकर्जाको समेत व्यवस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.