सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका नगरपालिका चैतमा काम सक्ने गरी योजना अघि बढायो


  •    /४ आश्विन २०७६, शनिबार ०९:२४ 
  • चितवन । आर्थिक मसान्तको समयमा वर्षात् हुने र निर्माणका काम कमजोर हुने भएपछि यहाँको कालिका नगरपालिकाले चैत मसान्तमा काम सक्ने गरी योजना अघि बढाएको छ । आर्थिक मसान्त चैतलाई मानेर निर्माणका कामलाई गति दिन लागिएको हो ।

    नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार समय छँदैछ भन्दै कामलाई असार मसान्तसम्म पु¥याउने परिपाटी अन्त्य गर्दै चालू आर्थिक वर्षबाट चैतलाई आर्थिक मसान्त मानेर काम गर्न थालिएको हो । यही असोज २ गते कार्यपालिकाको बैठक बसेर असोज मसान्तभित्र उपभोक्ता समिति निर्माण गरी काम अघि बढाउन लागिएको हो । गत वर्षमा वैशाखसम्म उपभोक्ता समिति गठन गर्ने गरिन्थ्यो ।

    वडा कार्यालय र नगरपालिका कार्यालय भवनको बोलपत्र आह्वान भई काम अघि बढिसकेको भन्दै उहाँले बहुवर्षीयबाहेकका सबै योजना चैतमा सक्ने गरी काम अघि बढ्ने बताउनुभयो । आर्थिक वर्षको मसान्त असारमा भएको र सो समयमा वर्षात् हुने भएकाले धेरै योजना हतारमा सक्ने गर्दा काम कमजोर हुने गरेको छ । सबै वडा कार्यालयलाई चैतसम्ममा काम सक्ने गरी योजना बनाउन निर्देशन दिइएको उहाँले बताउनुभयो ।

    कुनै विशेष कारण चैतमा काम नसकिएमा वैशाख र जेठमा सुक्खा हुने भएकाले ती योजनालाई प्राथमिकता दिएर काम गर्न सकिने श्रेष्ठको भनाइ छ । कालिका नगरपालिकाको चालू आवको बजेट रु ७८ करोड रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.