सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कामना सेवा विकास बैंकले मनायो अस्पताल सरसफाई गरेर संविधान दिवस


  •    /३ आश्विन २०७६, शुक्रबार २०:३४ 
  • चितवन । कामना सेवा विकास बैंकले सरसफाई गरेर संविधान दिवस मनाएको छ । बैंकका चितवनमा रहेका पाँच वटा शाखाका कर्मचारीहरुले शुक्रबार भरतपुर अस्पताल परिसरको सरसफाई गरेका हुन् ।

    नारायणगढ शाखाका प्रमुख सुशील भट्टराईका अनुसार बैंक र अस्पतालका कर्मचारीहरुले संयुक्त रुपमा सरसफाई गरेका थिए । सो अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको तर्फबाट अस्पताल परिसरमा आवश्यक डस्विन राखिएको छ ।

    सरसफाईपछि आयोजित संक्षिप्त समापन कार्यक्रममा बोल्दै शाखा प्रमुख भट्टराईले भरतपुर अस्पतालमा बिरामीको चाप उच्च हुने हुँदा यसलाई सधैं सफा राख्नु पर्ने भएकोले आफूहरुले सरसफाई गरेको बताउनुभयो । आगामी दिनमा पनि बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई थियो ।

    कार्यक्रममा क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारी सहित ३२ जना कर्मचानरीहरुको सहभागिता रहेको थियो । कामना सेवा विकास बैंकले देशव्यापी रुपमा आआफ्नो शाखा नजिकको सार्वजनिक महत्वका स्थानमा संविधान दिवसको अवसरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.