सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय सभामा पार्वती रावलको प्रश्नः भरतपुर अस्पताले केन्द्रीय अस्पतालको सेवा कहिले पाउँछ ?


  •    /१ आश्विन २०७६, बुधबार २२:५३ 
  • काठमाण्डौं । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ले भरतपुर अस्पताललाई तत्काल केन्द्रीय अस्पतालको सेवा सुविधा दिन माग गर्नुभएको छ । आज बुधबारको सभाको बिशेष समयमा बोल्दै उहाँले सरकारले भरतपुर अस्पताललाई कन्द्रीय अस्पताल घोषणा गरेपनि अहिलेसम्म अस्पतालले नागरिकलाई केन्द्रीय अस्पतालको सेवा सुविधा दिन नसकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो “केन्द्रीय अस्पताल घोषणा गरेदेखि अहिलेसम्म ओएनएम सर्भे भएको छैन्, केन्द्रीय अस्पतालमा उपचार गर्न आउने बिरामीलाई आवश्यक पर्ने भौतिक पूर्वाधार, दक्ष जनशक्ति, उपचारमा प्रयोग हुने उपकरणहरु जिल्ला अस्पताल सरहको छ ।” उहाँले वीर अस्पताल पछि सबैभन्दा धेरै बिरामी उपचारका लागि आउने अस्पताल भरतपुर अस्पताल भएपनि त्यस अनुसारको सेवा सुविधा प्रदान गर्न नसकिएको भन्दै सरकार मार्फत स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

    दैनिक १२ सयदेखि २ हजारसम्म बिरामी चितवन आसपासका १९ जिल्लाबाट उपचारका लागि भरतपुर अस्पताल आउने गरेको उहाँले बताउनुभयो । “भरतपुर अस्पतालमा सरकारी चिकित्सक र कर्मचारी जम्मा १ सय ५० जना छन, उहाँले भन्नुभयो “४ सय ५० भन्दा बढि विकास समितिका कर्मचारीको भरमा अस्पताल छ ।” उहाँले विकास समितिका कर्मचारीहरुले नियुक्ती विनानै काम गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले अस्पताल विकास समिति सक्रिय नभएको भन्दै तत्काल सम्बोधन गर्न माग गर्नुभयो ।

    सभापति रावलले चितवनका अस्पतालमा ज्वरो र डेङगुका विरामी बढेको भन्दै तत्काल टोलटोलमा डेङगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान तिब्र पार्नु माग गर्नुभयो । उहाँले चितवनमा सबैभन्दा धेरै डेङगुका बिरामी भएकाले सरकारले चितवनलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.