सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका नगरपालिकाले पूर्वाधार विकासमा १२ करोड खर्च ग¥यो


  •    /२ आश्विन २०७६, बिहीबार १८:२६ 
  • कालिका (चितवन) । जिल्लाको कालिका नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक समीक्षा गरेको छ । गत वर्ष नगरपालिकाले गरेको कार्य प्रगतिको राजनीतिक दललगायतको उपस्थितीमा बिहीबार समीक्षा गरिएको हो ।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले प्रगतिको जानकारी गराउँदै गत वर्ष पूर्वाधार निर्माणमा १२ करोड ९९ लाख ४८ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । उहाँले सडक, पुल, कल्र्भट, सिंचाई, भवन तथा शहरी विकास, वैकल्पिक उर्जा, खानेपानीलगायत विविध गरेर २७ करोड १ लाख रुपैयाँ पूर्वाधार विकासमा विनियोजन भएको थियो ।

    प्रगति सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत पुरीले नगरपालिकाले गत आर्थिक वर्षमा ११ किलोमिटर नयाँ ट्रयाक खोलेको, ३७ किलोमिटर बाटोमा ग्रावेल बिछ्याईएको, ३.६ किलोमिटर कालोपत्रे गरिएको, १.३ किलोमिटर कालोपत्रे मर्मत गरिएको, ६ वटा कल्र्भट निर्माण गरिएको बताउनुभयो ।

    कालिका नगरपालिका प्रमुख खुमनारायण (गोपी) श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रममा कृषि शाखा प्रमुख शिवराज पौडेल, पशु सेवा शाखा प्रमुख इश्वरीप्रसाद पौडेल, शिक्षा शाखाका नारायण वाग्ले, महिला तथा वालवालिका शाखाका नानीमाया पौडेल, विपद् व्यवस्थापन शाखा प्रमुख बलराम लुईटेल, स्वास्थ्य शाखा प्रमुख विश्वनाथ रेग्मीले गत वर्ष आआफ्नो शाखाले गरेका प्रगतिका विवरण प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख श्रेष्ठले समथर भूभाग र पहाडी भूभागका वडाहरुको समान विकास गर्ने गरी नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा नेकपाका प्रतिनिधी, नेपाली कांग्रेसका प्रतिनिधी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.