चितवन सेरोफेरो
चितवन । गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् । सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार...
चितवन । मुद्दा मिलाइदिन्छु भन्दै आठ लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २३ का सागर क्षेत्री र वर्ष ३४ का दीपेन्द्र पण्डित रहेका जिल्ला प्रहरी कार्यालय चितवनका...
चितवन । चितवन मेडिकल कलेज (सिएमसि) मा एक वर्षको अवधिमा चार लाखभन्दा बढी बिरामीको उपचार भएको छ । सो अवधिमा १५७ जनाको उपचारका क्रममा ज्यान गएको हो । अस्पतालले आईतबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्ष २०७५÷०७६...
चितवन । नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय अध्यक्षमा पुनः शिवराम केसी विजयी हुनुभएको छ । सङ्घको शनिबार भएको विशेष अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी रघुनाथ भट्टलाई २१४ मत अन्तरले पछि पार्दै केसी विजयी हुनुभएको हो । कूल ५९० मत खसेकामा केसीले...
चितवन । पौडी पोखरी (स्विमिङपुल)मा डुबेर शनिबार राति एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन् । काठमाडौँबाट घुम्नका लागि चितवन...
चितवन । खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१० घर भई वडा नं ९ मा डेरा गरी बस्दै आएका विकास चेपाङका ६ वर्षीय छोरा सन्देशको खोलामा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी...
चितवन । पहाडदेखि समथर भू–भागसम्म फैलिएको कालिका नगरपालिकाले विपन्न परिवारका लागि एक सय घर निर्माण गरिदिने भएको छ । चालू आर्थिक वर्षमा घर निर्माणका लागि नगरपालिकाले रु एक करोड ५० लाख विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका...
चितवन । धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा चितवनको रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवनले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई...
चितवन । रत्ननगर नगरपालिकाले छाडा चौपाया राख्नका लागि कान्जिहाउस निर्माण अन्तिम चरणमा पुर्याएको छ । रत्ननगर नगरपालिका–१६ भूतियाखोलाको छेउमा कान्जिहाउस निर्माण गरिएको हो । नगरपालिका प्रमुख नारायण वनका अनुसार साउन मसान्तसम्ममा पहिलो चरणको काम सकेर छाडा चौपाया राख्न शुरु...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले सरकारले दूरदर्शी सोचका साथ योजना ल्याउनुपर्ने बताउनुभएको छ । कम्युनिष्ट पार्टीका संस्थापक नेता स्व पुष्पलालको ४१ औँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदा दिनमा...















