चितवन सेरोफेरो

पाँच दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय विरही क्यान्सरसँग लड्दै

चितवन । जीवनको पाँच दशक समय समाज परिवर्तनका लागि पत्रकारिता र साहित्यको क्षेत्रबाट योगदान गर्नुभएका पत्रकार तथा साहित्यकार रेशम विरही यतिबेला भने क्यान्सर रोगसँग लड्दै हुनुहुन्छ । समाजलाई असल बाटोमा डोर्याउँदा डोर्याउँदै आफैलाई रोगले गाँजेको उहाँले पत्तो पाउनु भएन...

नगर सफाईमा आफै खटिनुभो प्रमुख छत्रराज

गैंडाकोट । गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल आफै सरसफाईमा खटिनुभएको छ । शनिबार बिहान पूर्व–पश्चिम राजमार्गको गैंडाकोट खण्डमा सडक किनारामा टाँटिएका अव्यवस्थित फ्लेक्स, पोष्टर हटाउन प्रमुख पौडेल खटिनु भएको हो । सफा सुन्दर हरियाली गैडाकोट निरन्तर शनिबार अभियानको १६...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार...

कालिकाको ३ नं. वडा कार्यालयमा आगजनी, महत्वपूर्ण सामग्री जलेर नष्ट

चितवन । चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल,...

भरतपुर आँखा अस्पतालद्वारा एक वर्षमै दुई लाख भन्दा बढीको आँखाको उपचार

चितवन  । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा दुई लाख आठ हजार ८०६ जनालाई सेवा दिएको छ । अस्पतालले अघिल्लो वर्ष एक लाख ७६ हजार ४३१ को उपचार गरेको थियो ।          अघिल्लो आवको...

दुर्घटनामा दुई जनाको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो । बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका...

बन्दबाट शैक्षिक संस्था सबैभन्दा बढी प्रभावित, गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार

चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा भएको बन्दका कारण आज साविकका बागमति, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्लाको जनजीवन प्रभावित भएको छ । उसले उपत्यका ब्यूरो इन्चार्ज तथा साँस्कृतिक मोर्चाका इन्चार्ज माइला लामालगायत आफ्ना कार्यकर्तालाई सरकारले...

सौराहाचोक र टाँडीचोकमा आकाशे पुल बनाउँदै रत्ननगर नगरपालिका

चितवन । रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो । नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यसै आर्थिक वर्षबाट काम शुरु...

बेचिने जोखिममा परेका चितवनका ८८ चेलीलाई समुदायमा पुनःस्थापित

चितवन । मानव बेचविखनविरुद्व काम गर्दै आएको संस्था केआइएन नेपालले आर्थिक वर्ष २०७५/७६ मा विभिन्न बहानामा बेचिन सकिने जोखिममा परेका जिल्लाका ८८ महिलालाई उद्धार गरी समुदायमा पुनःस्थापित गराएको छ । विभिन्न १० सीमानाका र भारतबाट उद्वार गरेकामध्ये चितवनमा ल्याइएका ८८...

बालिकालाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ

परासी । ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका आमाबुबा घरमा...