सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्ने


  •    /८ आश्विन २०७६, बुधबार २२:४९ 
  • नारायण अधिकारी

    चितवन । जिल्लामा लगाइएको आयातीत गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्ने प्राविधिकले जनाएका छन् । बीउ खरीद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि कृषकले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

    यससँगै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक वरिष्ठ वैज्ञानिक डा रामवरण यादव नेतृत्वको प्राविधिक समूह जिल्ला आएको थियो । सो समूहले जिल्लाका विभिन्न स्थानमा कृषकको खेतमा गएर धानको निरीक्षण गरेको थियो । यादवका अनुसार धान बाला बन्ने अवस्थामा रहेको छ । उहाँले भन्नुभयो, “धानको बाला बन्ने अवस्था ‘प्रिमोडीया’ चरण शुरु भएको छ ।” झण्डै २० देखि २५ दिनमा बाला देख्न सकिने उहाँले बताउनुभयो ।

    धान पाक्न अझै दुई महीना लाग्ने यादवको भनाइ छ । वर्णशङ्कर गरिमा जात १३५ दिनमा पाक्ने भए पनि अहिलेको अवस्था हेर्दा धान पाक्न १६० दिन हाराहारी लाग्ने उहाँले बताउनुभयो ।

    यादवले यो धान घोल खेतमा लगाउनुपर्ने भन्दै पानी लगाउन र किरा लाग्न दिनबाट रोक्न सकेमा उत्पादन नघट्ने दावी गर्नुभयो । यद्यपि धेरै धान सुक्खा ठाउँमा देखिएको उहाँले बताउनुभयो ।

    तापक्रम घट्दै गएको भए पनि दिनमा २० डिग्रीभन्दा कम नभएमा कुनै समस्या नहुने उहाँको भनाइ छ । प्राविधिक टोलीले एक÷दुई दिनमा कृषि सचिवलाई प्रतिवेदन बुझाउने उहाँले जानकारी दिनुभयो ।

    यसैबीच सो धानको नेपालमा दर्ता हुँदा ल्याइएको बीउ र पछि बिक्री गरिएको बीउ एकै हो वा होइन भन्ने विषयमा प्राविधिक परीक्षण (डिएनए फिङ्गर प्रिन्टिङ) का लागि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन पठाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    धानको बीउ नेपालमा आयात गर्ने कम्पनी सनराइज एग्रिकल्चर रिसर्च सेन्टर दाङका प्रमुख देवानजङ्ग चौधरीलाई पनि जिल्लामा बोलाइएको थियो । ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्ला प्रशासन कार्यालयमा छलफलपछि चौधरी बोलाइएको समयमा आउने गरी गएका छन् । धान उत्पादन गर्ने भारतीय कम्पनीका प्रतिनिधि पनि आउने जनाइएको छ ।

    ज्ञान केन्द्रका प्रमुख ढकालका अनुसार इच्छाकामना गाउँपालिका बाहेक जिल्लाभरमा सो धानमा बाला लाग्न नसकेपछि वैज्ञानिकसहितको प्राविधिक टोलीले यहाँको धानको निरीक्षण गरेको हो । जिल्लामा करीब एक हजार ३०० बिघामा यो धान लगाइएको अनुमान छ । जसबाट पाँच हजार हाराहारी कृषक प्रभावित भएका छन् ।

    गरिमा जातको यो धान विसं २०७२ मा सूचिकृत भएको हो । गरिमा भारतीय उत्पादन हो । यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेलिसक्नुपर्छ । तर त्यसो हुन नसकेपछि कृषक अन्योलमा परेका छन् ।

    जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातीत वर्णशङ्कर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् ।

    यसैबीच पूर्वी चितवनका किसानले प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणि पौडेललाई धानमा देखिएको समस्याका विषयमा आज जानकारी गरएका छन् । कृषकले मुख्यमन्त्री पौडेल यहाँ आएका अवसरमा धान नपसाउने समस्या देखिएको भन्दै यस विषयमा छानबिन गर्न माग गरेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.