सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश ३ मा ३४ अर्ब बजेटमध्ये २० अर्ब मात्र खर्च


  •    /११ आश्विन २०७६, शनिबार १७:२२ 
  • हेटौँडा । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/७६ मा विनियोजन गरेको रु ३४ अर्बमध्ये रु २० अर्ब छ करोड खर्च भएको जनाएको छ । प्रदेश ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार खर्च भएको रकममध्ये ८०.६९ प्रतिशत चालु खर्च र ४७.७७ प्रतिशत पूँजीगत खर्च रहेको बताइएको छ ।

    साथै प्रमुख आर्थिक वृद्धिसँगै सम्बन्धित मन्त्रालयको खर्च करीब ५२ प्रतिशत रहेको छ । मन्त्रालयबाट प्राप्त विवरण अनुसार पूँजीगत खर्चमध्ये गाडी, मेसिनरी सामान, कम्प्युटर, फोटोकपी मेसिन र फर्निचर खरीद खर्च केन्द्रीत रहेको उल्लेख छ ।

    मन्त्रालयका सचिव डा मुकुन्दप्रसाद पौड्यालद्वारा प्रस्तुत विवरणमा विसं २०७६/७७ देखि २०८०/८१ सम्मको प्रथम आवधिक योजनाको लक्ष्यलाई समेत आधारपत्र बनाएर योजना सार्वजनिक गरिएको छ । प्रदेशको पहिलो आवधिक योजनामा आर्थिक वृद्धिदर ११.५ प्रतिशत, कृषिको औषत वृद्धिदर ५.५ प्रतिशत र गैरकृषिको वार्षिक औषत वृद्धिदर ११.७ प्रतिशत र सिमान्त पूँजी उत्पादन ४.८ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ ।

    योजना अवधिमा रु तीन हजार २३८ अर्ब लगानी आवश्यक हुने जसमा सरकारी क्षेत्र २९ प्रतिशत, निजी क्षेत्रबाट ६२ प्रतिशत र सहकारी क्षेत्रबाट बाँकी उपलब्ध गराइने बताइएको छ ।

    सो योजना अवधिमा सम्पदामैत्री गुणस्तरीय पर्यटन उद्योग, लघु, साना, मझौला तथा ठूला उद्योगको विकास ग्रामीण तथा शहरी पूर्वाधारको विकास र कृषिको व्यवसायीकरण गर्ने बताइएको छ । प्रदेशको विकास परिषद्को विस्तारित बैठकमा सचिव पौड्यालले उक्त विवरण प्रस्तुत गर्दै योजना कार्यान्वयनका लागि सरकारी तथा निजी क्षेत्रलाई आग्रहसमेत गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.