सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ज्ञानेन्द्र शाहीमाथि भरतपुरमा आक्रमण, थप उपचारका लागि काठमाडौँ लगियो


  •    /११ आश्विन २०७६, शनिबार १८:२७ 
  • भरतपुर । भ्रष्टाचार विरोधी अभियान चलाउने नाउँमा कार्यक्रम गर्दै हिड्ने ज्ञानेन्द्र शाहीमाथि शनिबार भरतपुरमा आक्रमण भएको छ । भरतपुरको चौबीसकोठीमा उहाँको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिए पछि आफु बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उहाँमाथी आक्रमण भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर चौबीसकोठीमै रहेको होटल ग्लोबलबाट बाहिरिने क्रममा बा ३ ख ८४५८ नम्बरको माईक्रोमा आक्रमण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माईक्रोभित्र रहनुभएका शाही सहितको समूहमाथि आक्रमण गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवन एसपी दानबहादुर मल्लका अनुसार घाईते शाही सहित सबैको चितवन मेडिकल कलेजमा उपचारपछि उहाँहरुको आग्रहमा काठमाण्डौं पठाईएको छ । यती एयरलाइन्सको अन्तिम उडानमा उहाँ काठमाण्डौं जानु भएको हो ।

    शाहीको दाहिने खुट्टाको बुढीऔलामा गहिरो चोट लागेको देखिएको छ । शाहीले टाउको, छाती र ढाडमाथि प्रहार भएकाले निकै दुखेको जनाउनु भएको छ । उहाँसँगै अन्य चार जना सामान्य घाईते भएका छन् ।

    घटना लगत्तै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एसपी मल्लका अनुसार शाही चढेको माईक्रोकै चालक रहेकाले साँझ उहाँलाई छाडिएको छ ।

    शाही यहाँ आएको बारेमा आफुहरुलाई थाहा नभएको मल्लले जानकारी बताउनुभयो । उहाँमाथी आक्रमण भएको खबर पाउनासाथ उद्धार गरिएको उहाँको भनाई छ । त्यस अघि  स्थानीय युवाहरुले चौबीसकोठीमा शाहीले सम्बोधन गर्ने गरी गर्न लागिएको कार्यक्रम बिथोलेका थिए ।

    झडप हुन सक्ने भन्दै प्रहरीले पनि कार्यक्रम नगर्न आग्रह गरेको थियो । शाहीमाथि कस्ले आक्रमण ग¥यो भन्ने विषयमा बुझ्ने काम भईरहेको र घटनामा संलग्नको खोजी कार्य जारी रहेको मल्लले बताउनुभयो । सो क्रममा शाही चढेको माईक्रोबस तोडफोड भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.