चितवन मेडिकल कलेजलाई विद्यार्थीको २४ घण्टे अल्टिमेटम
/१२ आश्विन २०७६, आईतवार १८:१३
तिलकराम रिमाल चितवन । चितवन मेडिकल कलेजलाई सहमति अनुसार अघि बढ्न् विद्यार्थी तथा अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका छन् । सहमति अनुसार कलेजले कार्य नगरेको भन्दै विद्यार्थीले २४ घण्टे अल्टिमेटम दिएका हुन् ।
यसअघि असोज ४ गते जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो । रकम फिर्ताका लागी असोज १० गतेसम्म फिर्ता रकम सम्बन्धी प्रतिवेदन तयार पार्ने र बढी लिएको रकमको भरपाई दिने सहमती भएको थियो । तर प्रतिवेदन तयार पारी भरपाई दिने तोकिएको मिति सकिए पनि सहमति अनुसारको कार्य अगाडि बढाउन कलेज प्रशासन तयार नभएपछि विद्यार्थी र अभिभावकले पुनः आन्दोलनमा जान चेतावनी दिएका छन् ।
प्रशासन कार्यालयमा भएको सहमती कार्यान्वयन गर्नतर्फ कलेजले कुनै प्रयास नगरी आलटाल गर्न थालेपछि आफुहरुले बाध्य भएर २४ घण्टे अल्टिमेटम दिएको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले बताउनु भयो । यस अघि चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत सहित बसेको सर्वपक्षीय बैठकले १० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिने र रकम फिर्ता गर्न पूर्ण प्रतिवेदन बनाउने सहमति भएको थियो ।
सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभए चितवन मेडिकल कलेजको भरतपुर स्थित अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द र अभिभावक संर्घष समिति संयोजक निर्मला कँडेलद्वारा आईतबार जारी विज्ञप्तीमा यस अगाडी भएको सम्झौता अनुरुप प्रतिबेदन तयारीका सम्पूर्ण बाँकी काम पूरा गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टाको अल्टिमेटम दिईएको छ । अबैद्ध रकम फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बिज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थीहरुले कलेजले तोकिएभन्दा २० लाख रुपैयाँसम्म बढी शुल्क लिएको भन्दै आन्दोलन गर्दै आएका छन् ।
तिलकराम रिमाल
चितवन । चितवन मेडिकल कलेजलाई सहमति अनुसार अघि बढ्न् विद्यार्थी तथा अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका छन् । सहमति अनुसार कलेजले कार्य नगरेको भन्दै विद्यार्थीले २४ घण्टे अल्टिमेटम दिएका हुन् ।
यसअघि असोज ४ गते जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो । रकम फिर्ताका लागी असोज १० गतेसम्म फिर्ता रकम सम्बन्धी प्रतिवेदन तयार पार्ने र बढी लिएको रकमको भरपाई दिने सहमती भएको थियो । तर प्रतिवेदन तयार पारी भरपाई दिने तोकिएको मिति सकिए पनि सहमति अनुसारको कार्य अगाडि बढाउन कलेज प्रशासन तयार नभएपछि विद्यार्थी र अभिभावकले पुनः आन्दोलनमा जान चेतावनी दिएका छन् ।
प्रशासन कार्यालयमा भएको सहमती कार्यान्वयन गर्नतर्फ कलेजले कुनै प्रयास नगरी आलटाल गर्न थालेपछि आफुहरुले बाध्य भएर २४ घण्टे अल्टिमेटम दिएको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले बताउनु भयो ।
यस अघि चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत सहित बसेको सर्वपक्षीय बैठकले १० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिने र रकम फिर्ता गर्न पूर्ण प्रतिवेदन बनाउने सहमति भएको थियो ।
सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभए चितवन मेडिकल कलेजको भरतपुर स्थित अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन् ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द र अभिभावक संर्घष समिति संयोजक निर्मला कँडेलद्वारा आईतबार जारी विज्ञप्तीमा यस अगाडी भएको सम्झौता अनुरुप प्रतिबेदन तयारीका सम्पूर्ण बाँकी काम पूरा गर्न चितवन मेडिकल कलेजलाई २४ घण्टाको अल्टिमेटम दिईएको छ । अबैद्ध रकम फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बिज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थीहरुले कलेजले तोकिएभन्दा २० लाख रुपैयाँसम्म बढी शुल्क लिएको भन्दै आन्दोलन गर्दै आएका छन् ।