सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दशैँमा सेवा रोक्दैन भरतपुर अस्पतालले


  •    न्युजभित्तो/१५ आश्विन २०७६, बुधबार १७:३२ 
  • चितवन । चाड पर्वका समयमा निजी अस्पतालमा सेवा पाउन कठिन हुने गर्दछ । यहाँको केन्द्रीयस्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले दशैँको समयमा सर्वसाधारणलाई उपचार गर्न बहिरङ्ग सेवाबाहेक सबै सेवालाई निरन्तरता दिने भएको छ ।

    विगतका वर्षमा झै यस वर्ष पनि दशैँको समयमा आकस्मिक सेवामा बिरामीको चाप बढ्न सक्ने भन्दै पूर्वतयारी गरिएको छ । अन्य समयको जस्तो नभए पनि चाडपर्वका समयमा निजी अस्पतालमा सेवा पाउन कठिन हुने भएकाले सबैको रोजाइ सरकारी अस्पताल हुने गर्दछ ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार आकस्मिक परेकालाई बहिरङ्ग सेवा नखुले पनि आकस्मिक सेवामार्फत उपचार प्रदान गरिने छ । अन्तरङ्ग विभाग सञ्चालन हुने छन् । प्रसूति सेवा अन्य समयझै निरन्तर चल्ने छ । आकस्मिक शल्यक्रिया गरिने उहाँले वताउनुभयो । चार दिन बहिरङ्ग सेवा र पालो लिएर गर्ने शल्यक्रिया नभए पनि बिरामीलाई उपचार लिन कठिन नहुने उहाँले बताउनुभयो ।

    सो समयमा बाल सघन उपचार कक्षमा कीटाणु मार्नका लागि ढोका बन्द गरेर गर्ने फुमीगेसन कार्य गरिँदै छ । दशैँका समयमा सर्वसाधारणलाई उपचारमा सहज बनाउनका लागि चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको समय तालिका बनाइसकिएको छ । यो समयमा प्राकृतिक प्रकोप र दुर्घटना भएमा तत्काल उपस्थित हुनका लागि स्थानीय चिकित्सकहरुलाई आग्रह गरिएको छ ।

    विभागीय प्रमुख निरन्तर सम्पर्कमा रहने तिवारीले बताउनुभयो । भरतपुर अस्पतालमा ६०० श्यया रहेका छन् । चितवनसहित देशका २४ जिल्लाका बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । निजी अस्पतालमा दशैँ आउनु केही दिनअघि देखिनै बिरामी भर्ना र शल्यक्रिया घटाउँदै लगिन्छ । ती बिरामीसमेत सरकारी अस्पतालमा जाने गर्दछन् ।

    अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अन्य समयको जति नभए पनि दशैँका समयमा समस्या पर्ने अधिकांश बिरामी सरकारी अस्पताल आउने गर्दछन् । केही दिन अघि कर्मचारीको आन्दोलनका कारण एक दिनमात्र सेवा प्रभावित हुँदासमेत धेरैले दुःख पाएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.