सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दशैँमा पनि भएन नारायणगढ बजारमा व्यापार


  •    न्युजभित्तो/१४ आश्विन २०७६, मंगलवार १८:२६ 
  • चितवन । जिल्लाको मुख्य बजार नारायणगढमा दशैँको सङ्घारमा पनि आशा गरे जस्तो व्यापार नभएपछि व्यवसायीहरु चिन्तित भएका छन् । गाउँगाउँसम्म व्यवसाय विस्तार हुँदै गएपछि सामान किन्न मुख्य बजारमा आउने क्रम घटेर गएको हो ।

    यसै बजारबाट छिमेकी जिल्लामासमेत सामान जाने गरेकोमा सो क्रम पनि घटेर गएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान बजारमा चहलपहल कम भएको बताउनुहुन्छ । टोलटोलमा राम्रा सपिङ सेन्टर खुलेपछि बजार आउने क्रम घटेको उहाँको भनाइ छ । अनलाइन सपिङ, आवश्यक भन्दा बढी पसललगायतका कारण पनि बजारमा व्यापार घटेको प्रधानको ठम्याइ रहेको छ ।

    किराना व्यवसायी सङ्घ चितवनका अध्यक्ष ईश्वरीप्रसाद खराल हरेक वर्ष व्यापार घट्दै गएको बताउनुहुन्छ । गत वर्षको भन्दा आधा पनि व्यापार यसवर्ष नभएको उहाँको भनाइ छ । सामान मगाएर बिक्री गर्न व्यवसायी डराएको भन्दै उहाँले विभिन्न नाममा बुझाउनुपर्ने करका कारण व्यवसायी आजित र त्रशित भएको बताउनुभयो । व्यवसायी कर तिर्न चाहान्छन् तर कति ठाउँमा कर तिर्ने हो खरालले प्रश्न गर्नुभयो ।

    व्यापार घट्ने र खर्च बढ्ने हुँदा व्यवसायी धानीन मुस्किल भएको उहाँ बताउनुहुन्छ । फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष खिमलाल अर्याल भाटभटेनी, चौधरी जस्ता ‘मल’ र गाउँगाउँका पसलका कारण ग्राहक बजार आउने सङ्ख्या घटेको बताउनुहुन्छ । विगत २६ वर्षदेखि बजारमा व्यवसाय गर्दै आउनुभएका अर्याल अघिल्ला वर्षको तुलनामा खर्च दोब्बर भएको तर व्यापार आधा भएको बताउनुहुन्छ । पुरानो पसल भएकाले पसलनै बिक्री गर्न खोज्दा बिक्री नहुने र व्यापार पनि नहुने भएकाले धानेर कति दिन बस्ने अन्योलमा परेको आर्यलले गुनासो गर्नुभयो ।

    एउटै फेन्सी पसलमा रु ५० लाख भन्दा बढी लगानी हुने भन्दै उहाँले त्यसको ब्याज, बढ्दो घरभाडा र कर्मचारीको पारिश्रमिकका कारण व्यवसायी दिनानु दिन धरासयी बन्दै गरेको बताउनुभयो ।

    कपडा व्यवसायी सङ्घ चितवनका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ हरेक वर्ष व्यापार घट्दो क्रममा रहेको बताउनुहुन्छ । थोक र खुद्रा दुबै व्यवसाय प्रभावित भएको उहाँको भनाइ थियो । बाउबाजेले गरेको पेशा भएकाले छोड्न नसकेको भन्दै उहाँले भन्नुभयो, “जानेको यही हो । छोडेर के गर्नु । फसेको फस्यै भइयो । ”

    नारायणगढ बजारमा सीमित स्थानमा मात्र पार्किङ् रहेको छ । तीनपाँग्रे सवारी सञ्चालन गर्न पाइदैन । यी कारणले पनि ग्राहक बजार आउन रुचाउँदैनन् । यससँगै एउटै सटरको भाडा रु ५० हजारसम्म पर्ने गर्दछ । जसका कारण बिक्री मूल्य बढी हुने ग्राहकको अनुमान छ । यसैले गर्दा पनि ग्राहकको रोजाइँ बजार कम हुँदै गएको छ ।

    भरतपुरको ओरालोमा सुविधा सम्पन्न भाटभटेनी र सिजी मल शुरु भएको छ । भाटभटेनीमा आवश्यक सबै सामग्री एकै स्थानमा पाइन्छ । सिजीमा ब्राण्डेड सामग्री पाइन्छ । दुवै स्थानमा पार्किङ्को सुविधा रहेको छ । ती ठाउँ वातावरण अनुकूलित भएकाले ग्राहकको रोजाइँमा परेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्याउका बोट सेताम्मे
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
    • पेट्रोलियम पदार्थको मूल्यवृद्धि
    • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह
    • घरमै पुुगेर राहदानी वितरण गर्न थालियो
    • जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.