सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाघको आक्रमणबाट महिलाको मृत्यु


  •    न्युजभित्तो/१५ आश्विन २०७६, बुधबार २२:०५ 
  • नेपालगञ्ज । पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको आज साँझ मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

    “बाघले मृतकको हात र घाँटीमा गम्भीर घाउ बनाएको छ, उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो”, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

    एक साताअघि भगवती सामुदायिक वनमा घाँस काट्न गएकी एक महिला लक्ष्मी मल्ललाई पनि पाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उनको उपचार भइरहेको निकुञ्जले जनाएको छ ।

    मङ्गलबार दिउँसो पाटे बाघले एउटा गोरु र आठ वटा बाख्रासमेत मारेको स्थानीयले जनाएका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । सात महीनाको अवधिमा बर्दियामा पाटे बाघको आक्रमणमा परी हालसम्म पाँच जनाको मृत्यु भएको छ । अहिले निकुञ्जभित्रबाट निस्किएर सामुदायिक वनमा समेत पाटे बाघले आक्रमण गरेपछि यस क्षेत्रका स्थानीवासी त्रसित बनेका छन् ।

    बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएपछि बाघ हिंस्रक भएको हुनसक्ने भन्दै निकुञ्ज प्रशासनले क्यामरा ट्रयापिङ प्रविधिसहित निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली तैनाथ गर्ने बताएको छ । बाघ नियन्त्रणका लागि तत्काल हात्तीसहित प्राविधिक टोली खटाइने प्रमुख संरक्षण अधिकृत बरालले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.