सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा वृद्धग्राम बनाइने


  •    न्युजभित्तो/१५ आश्विन २०७६, बुधबार १७:३० 
  • चितवन । देवघाट क्षेत्र विकास समितिले हाल त्यहाँ सञ्चालित वृद्धाश्रमलाई विकास गरी वृद्धग्राम बनाउने तयारी गरेको छ ।

    असाहायलाई मात्र नभएर हुने खाने वृद्धवृद्धाको समेत बूढेसकाल सुखमय ढङ्गले जीवन बिताउनका लागि वृद्धग्राम बनाउने तयारी गरिएको हो ।

    समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल वृद्धाश्रममा ३६ वृद्धवृद्धा रहेका छन् । यो सङ्ख्या ५० पु¥याइदै छ । कर्मचारी र प्रशासनिकबाहेकका अधिकांश खर्च दाताबाटै पुग्ने गरेको उहाँले बताउनुभयो । समितिको हालैको बैठकले दातालाई उत्प्रेरित गर्न आजीवन र विशिष्ट सदस्यको प्रावधानसमेत बनाएको छ ।

    रु १५ हजार ५०० देखि ५० हजारसम्म दान गर्नेलाई आजीवन र रु ५१ हजारदेखि एक लाखसम्म दान गर्नेलाई विशिष्ट सदस्य बनाउन लागिएको छ । हालसम्म १७ जनाले आजीवन सदस्यता लिएको पौडेलले बताउनुभयो । यसरी नै दाता र राज्यका विभिन्न निकायसँग सहयोग जुटाएर सुविधा सम्पन्न वृद्धग्राम बनाउन लागिएको पौडेलको भनाइ छ ।

    तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा यो विषय उठान भएको भए पनि मूर्तरुप लिन नसकेको पौडेलको भनाइ छ । हाल यस विषयलाई गम्भीररुपमा छलफल गरी अघि बढाइएको र सकारात्मक प्रतिक्रिया आएको पौडेलले बताउनुभयो । साहराविहीन मात्र नभएर वृद्धवृद्धाको सुखमय जीवन बिताएका पनि बस्ने गरी वृद्धाग्राम बनाउन लागिएको हो ।

    समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले वृद्धवृद्धाका लागि आफ्नो समय बिताउने राम्रो स्थल देवघाट भएकाले सबैले वृद्धवृद्धाको सम्मानका लागि सहयोग गर्ने बताउनुभयो । सबैको सहयोगले नमूना वृद्धग्राम बनाउन सकिने निष्कर्ष आफूहरुको रहेको घिमिरेको भनाइ छ । शुरुमा १०० को क्षमताको वृद्धग्राम बनाउने लक्ष्य राखिएको छ । एउटै उमेर समूहका वृद्धवृद्धालाई पूजापाठदेखि सत्संग, ध्यान, प्रवचन, ज्ञान अनुष्ठान आदिमा रमाउन देवघाट उपयुक्त हुने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.