टिपर र बोलेरोमा मोटरसाइकल च्यापिँदा एक विद्यार्थीको मृत्यु, अर्का एक गम्भीर घाइते
न्युजभित्तो/२६ कार्तिक २०७६, मंगलवार १०:५६
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थित अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नंको टिपर र बा१०च २१५४ नंको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मुत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रहेका भक्तपुर नगरपालिका–९ च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० वर्षीय विमल कुटुजु रहेको प्रहरीले जनाएको छ ।
सो घटनामा परी सोही कलेजमा अध्ययनरत भक्तपुर–८ का मोटरसाइकल चालक कृष्ण दाहाल गम्भीर घाइते भएका छन् । उनको बनेपास्थित करुणा अस्पतालमा उपचारपश्चात भक्तपुरस्थित मध्यपुरथिमि अस्पतालमा सिफारिश गरिएको प्रहरीले जनाएको छ ।
टिपरबाट खस्दा सहचालकको मृत्यु चितवन । पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता डिएसपी एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना३ख ३७७८ नंको टिपरको ढोकाबाट खस्दा गम्भीर घाइते थारूको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थित अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नंको टिपर र बा१०च २१५४ नंको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मुत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रहेका भक्तपुर नगरपालिका–९ च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० वर्षीय विमल कुटुजु रहेको प्रहरीले जनाएको छ ।
सो घटनामा परी सोही कलेजमा अध्ययनरत भक्तपुर–८ का मोटरसाइकल चालक कृष्ण दाहाल गम्भीर घाइते भएका छन् । उनको बनेपास्थित करुणा अस्पतालमा उपचारपश्चात भक्तपुरस्थित मध्यपुरथिमि अस्पतालमा सिफारिश गरिएको प्रहरीले जनाएको छ ।
टिपरबाट खस्दा सहचालकको मृत्यु
चितवन । पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् ।