सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा दशैँ, तिहारमा भएका दुर्घटनामा दश जनाको मृत्यु, २५ गम्भीर घाइते


  •    न्युजभित्तो/१५ कार्तिक २०७६, शुक्रबार १५:०५ 
  • चितवन । जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । तीमध्ये आधा पैदलयात्री रहेका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ दुर्घटनामा १० जनाको मृत्यु भएको हो । ती दुर्घटनामा परी २५ जना गम्भीर र ८१ जना सामान्य घाइते भएका छन् ।

    दुर्घटनामा मृत्यु भएका पाँच जनालाई विभिन्न सवारी साधनले ठक्कर दिएको हो । यसका अतिरिक्त बस दुर्घटनामा एक जना, मोटरसाइकल दुर्घटनामा तीन जना र साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार पछिल्लो समय दुर्घटनामा पैदलयात्रीको मृत्यु हुनेक्रम बढ्दो रहेको छ । सवारी चालकको तीव्र गति र पैदलयात्रीको लापरवाहीका कारण दुर्घटना हुने गरेको छ । यसरी मृत्यु हुने पैदलयात्री मादक पदार्थ सेवन गरेका धेरै हुने गरेका छन् । उहाँले बाटोमा हिँड्दा ट्राफिक नियमको पालना नगरेका कारण यस्ता घटना बढी हुने गरेको भन्दै जनचेतनामूलक कार्यक्रम गरिँदै आएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.