नारायणी महोत्सव सुरु, अपाङ्गता भएका बालबालिकाका लागि सहयोग जुटाउने उद्धेश्य
न्युजभित्तो/१५ कार्तिक २०७६, शुक्रबार २०:१५
चितवन । अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग जुटाउने उद्धेश्यले नारायणगढको नारायणी नदी किनारस्थित प्रदर्शनीस्थलमा आजदेखि नारायणी महोत्सव २०७६ सुरु भएको छ । भरतपुरको क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानले महोत्सव आयोजना गरेको हो ।
कार्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय भन्दा बढी विभिन्न व्यावसायिक स्टलहरु रहेका छन् ।
महोत्सवको संघीय साँसद एवम् व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गर्नुभयो । उहाँले फरक क्षमता भएका व्यक्तिलाईसमेत समाजमा सम्मानकासाथ बाँच्न पाउने अधिकार प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
‘फरक क्षमता भएका व्यक्तिहरुले सामान्य मानिसले जस्तै काम गर्न सक्ने भएकाले उनीहरुलाई क्षमताअनुसारको काम दिनुपर्छ’ साँसद पोखरेलले भन्नुभयो । त्यस अवसरमा प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले फरक क्षमता भएका व्यक्तिहरुका लागि प्राथमिकतामा राखेर सीपमूलक तालिम सञ्चालन गरिनुपर्ने बताउनुभयो । राष्ट्रिय सुस्त मनःस्थिति कल्याण प्रतिष्ठानका केन्द्रीय सदस्य निर्मलकुमार श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले उपेक्षा गरेको गुनासो गर्नुभयो । अदालतले अपाङ्गता भएका व्यक्तिहरुका लागि जीवन निर्वाह गर्न सक्नेगरि भत्ता दिनुपर्ने आदेश जारी गरेको भएपनि राज्यले त्यसलाई अटेरी गरेको श्रेष्ठको भनाई थियो ।
रेविका बाल प्रतिष्ठानका अध्यक्ष रुबी थापाले महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा, पालन पोषण र स्वास्थ्य उपचारमा खर्च गरिने बताउनुभयो । रेविका बाल प्रतिष्ठानमा २५ जना अपाङ्गता भएका बालबालिकाहरु रहेका थापाले जानकारी गराउनुभयो ।
महोत्सव उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका प्रतिनिधि कृष्ण केसी, नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी, रेविका बाल प्रतिष्ठानका सदस्य दाताराम घिमिरेलगायतले मन्तव्य राख्नुभएको थियो । उद्घाटन समारोह रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाको अध्यक्षतामा भएको थियो ।
महोत्सवमा आज राष्ट्रिय लोक दोहोरी गायक बद्रि पङ्गेनी तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनको विशेष प्रस्तुती रहेको थियो । साँस्कृतिक कार्यक्रम अन्तर्गत शनिबार चर्चित गायक प्रमोद खरेल, भुवन प्यासीको प्रस्तुती रहनेछ । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरु एवम् अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सवका संयोजक रोशन राजकर्णिकारले जानकारी दिनुभएको छ ।
चितवन । अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग जुटाउने उद्धेश्यले नारायणगढको नारायणी नदी किनारस्थित प्रदर्शनीस्थलमा आजदेखि नारायणी महोत्सव २०७६ सुरु भएको छ । भरतपुरको क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानले महोत्सव आयोजना गरेको हो ।
कार्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय भन्दा बढी विभिन्न व्यावसायिक स्टलहरु रहेका छन् ।
महोत्सवको संघीय साँसद एवम् व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उद्घाटन गर्नुभयो । उहाँले फरक क्षमता भएका व्यक्तिलाईसमेत समाजमा सम्मानकासाथ बाँच्न पाउने अधिकार प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
‘फरक क्षमता भएका व्यक्तिहरुले सामान्य मानिसले जस्तै काम गर्न सक्ने भएकाले उनीहरुलाई क्षमताअनुसारको काम दिनुपर्छ’ साँसद पोखरेलले भन्नुभयो ।
त्यस अवसरमा प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।