सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने एक पक्राउ, चारको खोजी


  •    न्युजभित्तो/१८ कार्तिक २०७६, सोमबार १३:५५ 
  • चितवन । ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्वर ११ निवासी ३२ वर्षिय अविरल पोख्रेल पक्राउ परेका हुन ।

    जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आईतवार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान सुरु गरिएको छ । घटनामा संलग्न अन्यको खोजी भईरहेको उहाँले बताउनुभयो ।

    कात्तिक १ गते पीडितका तर्फबाट पाँच जना विरुद्ध किटानी जाहेरी परेपछि पोखरेललाई पक्राउ गरिएको हो । आरोपी अन्य चार जनाको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

    गत असोज ११ गते भरतपुर महानगरपालिका वडा नं. १० चौबीसकोठी स्थित होटल ग्लोबस अगाडि शाही लगायत उनका साथीहरुमाथि आक्रमण भएको थियो । आक्रममा शाही लगायत अन्य केही घाईते भएका थिए ।

    नेपालका लागि नेपालीले आयोजना गरेको भ्रष्टाचार विरुद्ध अभियान कार्यक्रममा सम्बोधन गर्न आएका शाहीमाथि आक्रमण भएको हो । कार्यक्रमा स्थलको स्टेट समेत स्थानीय युवाहरुले भत्काएका थिए । कार्यक्रम स्थगन भएपछि नजिकै रहेको ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिररमानै शाहीमाथी आक्रमण भएको थियो ।

    शाहीमाथि आक्रमण हुँदै गर्दाको फोटो र भिडियो समेत सार्वजनिक भएपनि प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न सकेको थिएन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.