सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी महोत्सवको समय पाँच दिन थपियो


  •    न्युजभित्तो/२५ कार्तिक २०७६, सोमबार २०:११ 
  • चितवन । सुरुआती अवस्थामा दर्शकको न्यून उपस्थिति रहेको भएपनि पछिल्लो समय दर्शकको चाप बढ्दै गएपछि नारायणी महोत्सवको समय पाँच दिन थप गरिएको छ । आयोजक संस्था रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारका अनुसार दर्शकहरुको उपस्थितिलाई मध्यनजर गर्दै महोत्सव पाँच दिन थप गरिएको हो ।

    अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ नारायणी नदी किनारमा सञ्चालन गरिएको महोत्सवमा सोमबार समेत १२ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका राजकर्णिकारले बताउनुभयो । शुक्रबारदेखि महोत्सवमा दर्शकहरुको उपस्थिति बढ्दै जाँदा र महोत्सव भित्रका व्यवसायीहरुको चाहनाका कारण समेत महोत्सव पाँच दिन थप गरिएको राजकर्णिकारले जानकारी दिनुभयो ।

    महोत्सवको समय थप गरिएसँगै महोत्सवको सांगीतिक कार्यक्रममा आउने कलाकार समेत थप गरिएको छ । पाँच दिन थप गरिएको महोत्सवमा काउली बुढी, कमल खत्री, दुर्गेश थापा, कमला घिमिरे तथा पशुपति शर्मा आउने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताउनुभयो । मंगलबार भने काउली बुढीको प्रस्तुति रहने अधिकारीले बताउनुभयो ।

    सोमबारको सांस्कृतिक कार्यक्रममा ज्योति मगर र मिलन लामाले प्रत्यक्ष दोहोरीमा दर्शकहरुलाई नचाएका थिए । कात्तिक १५ देखि सञ्चालन गरिएको महोत्सवको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताउनुभयो । प्रतिष्ठानमा हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुले शिक्षादीक्षासँगै निशुल्क रुपमा औषधिउपचार समेत पाउँदै आइरहेका छन् ।

    विभिन्न व्यावसायिक स्टलहरुका साथै बाल उद्यान समेत राखिएको महोत्सवमा ¥याफ्टिङ गर्ने सुविधा समेत रहेको छ । महोत्सवको सहयोगीमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.