चितवन सेरोफेरो
कास्की । पोखरामा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष...
सर्लाही । नेत्र विक्रम चन्द, विप्लव समूहका महोत्तरी जिल्ला इन्चार्जसहित दुई जनाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेमा विप्लव समूहका जिल्ला इन्चार्ज बर्दिबास नगरपालिका–२ का ३८ वर्षीय रूपेश भन्ने रुकबहादुर कार्की र जिल्ला सेक्रेटरी गौशाला नगरपालिका–८...
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० मा रहेको बहुराष्ट्रिय कम्पनी बरुण वेभरेज प्रालि (पेप्सी कम्पनी) मा कार्यरत कामदारले आज बिहानदेखि धर्ना दिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत छ महिनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका दैनिक ज्यालादारीमा कार्यरत...
हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको...
तुलसीपुर । दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ । लमही नगरपालिका–९ स्थित सिमलसोता खोलामा आज पौडी खेल्ने क्रममा लमही– ९ बाङ्गेतालका १४ वर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका–१० नारायणपुरका १५ वर्षीया निरु बोहराको मृत्यु भएको...
चितवन । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै यहाँको कार्यालयबाट कैदी स्थानान्तरण गरिएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कार्यालयमा रहेका विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका ५० जनालाई स्थानान्तरण गरी हेटौँडाको भीमफेदीमा पठाइएको हो । कारागार व्यवस्थापन विभागसँगको...
चितवन । दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि चितवनको सडकमा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई रोकेर यात्रुसँग के कति भाडा लिइएको हो भन्ने सोधपुछ थालेको...
महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा...
वीरेन्द्र कर्ण वीरगञ्ज । प्रदेश नं २ का आठ जिल्लामा दशैँको रौनक छाए पनि बारा जिल्लाको तेलकुवामा रहेको मुसहर बस्तीमा मुरलीधरको गीत घन्किरहेको छ, “उडायो सपना सबै हुरीले…..” । एक सय ६० घरधुरी रहेको मुसहर बस्तीको अधिकांश घरका बालबालिका उही...
नेपालगञ्ज । पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको आज साँझ मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला...
















