दशौँ रत्ननगर महोत्सवः छैठौँ दिनसम्म दुई लाख पच्चीस हजारद्वारा अवलोकन
न्युजभित्तो/१ माघ २०७६, बुधबार २०:३४
चितवन । समग्र चितवनको गौरव र गरिमामय प्रस्तुतिको रुपमा आयोजना गरिएको रत्ननगर महोत्सवमा दर्शकको सहभागिता उल्लेखनीय रहेको छ । महोत्सवमा आज बुधबार हालसम्मकै सबैभन्दा बढी दर्शकको सहभागिता रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिनुभयो ।
रेग्मीकाअनुसार आज छैठौँ दिनसम्म दुई लाख २५ हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । बुधबार माघे सङ्क्रान्ति पर्व तथा लोकप्रिय गायक प्रकाश सपुतको प्रस्तुति रहेकोलेसमेत अत्यधिक दर्शकले महोत्सव अवलोकन गरेका रेग्मीले बताउनुभयो । पछिल्लो समय महोत्सव अवलोकनका लागि दर्शकको सहभागिता बढ्दै गएको रेग्मीको भनाइ छ ।
रत्ननगर नगरपालिकाको टिकौली चौरमा सञ्चालन भइरहेको महोत्सवमा पुगेका अधिकांश व्यक्तिहरु सेल्फी डाँडा र जीपलाइन सफारीमा जाने गरेका रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताउनुभयो । माघ ७ गतेसम्म सञ्चालन हुने १०औँ रत्ननगर महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने तथा चितवनको पर्यटन प्रवद्र्धन गर्ने विश्वास श्रेष्ठले व्यक्त गर्नुभयो । एकसिङ्गे गैँडा, पाटे बाघ, चितुवा र जरायोको मूर्ति पनि महोत्सवमा आकर्षणको रुपमा रहेका छन् ।
रत्ननगर महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत बुधबार गायक प्रकाश सपुतले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका छन् । महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालकाअनुसार प्रकाश सपुतले महोत्सवमा गलबन्दी, बोल माया, लगायतका आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । प्रकाशले गाउँदा दर्शकले ‘वान्स मोर’को हुुटिङ गरेका थिए ।
त्यस्तै, आज महोत्सवको सांस्कृतिक कार्यक्रममा विन्दु परियार, वसन्त सिलवाल, अमृत बोहोरालगायत स्थानीय कलाकाहरुले प्रस्तुति राखेका थिए । महोत्सवमा बिहीबार विन्दु परियार, इमेज लोक स्टार राम नेपाली, ऋतु कँडेल तथा रत्ननगर कला मन्दिरको विशेष प्रस्तुतिका साथै निर्मली र प्याकुलीको हास्य प्रहसन रहने खनालले जानकारी दिनुभयो ।
पुस २५ गतेदेखि सञ्चालन भएको महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर राखिएको छ । महोत्सवलाई सुरक्षित बनाउनका लागि सिसिटिभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ बराबरको बीमा समेत गरिएको संयोजक रेग्मीले बताउनुभएको छ ।
स्वदेशी तथा विदेशीगरि महोत्सवमा पाँच सय २१ वटा स्टल रहेका छन् भने महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।