देवघाटमा प्रहरीको गाडी दुर्घटना, एकको मृत्यु, २९ घाइते
न्युजभित्तो/१ माघ २०७६, बुधबार २१:०९
चितवन । तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । दुर्घटनामा प्रहरी जवान सन्दीप केसीको मृत्यु भएको हो ।
चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटमा लागेको मकर मेलाको सुरक्षाका लागि आएको पोखरा गणको बा १ ग २११८ नम्बरको टुटन गाडी फर्कने क्रममा चितवनको दासढुङगा पुलपारि घुम्तीमा दुर्घटना भएको हो । घाइतेहरुको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभएको छ ।
गाडीमा ३४ प्रहरी सवार रहेको लामिछनेले बताउनुभयो । दुर्घटनामा केही प्रहरी गम्भीर घाइते भएका स्थानीय पञ्चबहादुर गुरुङले जानकारी दिनुभयो ।