सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ


  •    न्युजभित्तो/१ माघ २०७६, बुधबार १०:०५ 
  • चितवन । उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न निर्वाचनमा श्रेष्ठले आफ्ना प्रतिष्पर्धी ज्ञानेन्द्रमान शाक्यलाई ७ सय ८७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

    श्रेष्ठले १ हजार ९ सय ८० मत प्राप्त गनुभयो भने उहाँका प्रतिद्वन्द्वी शाक्यले १ हजार १ सय ९३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनमा कुल ३ हजार १ सय ७३ मत खसेको थियो ।

    उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक अधिकारी, ई.कृष्णप्रसाद रिजाल, विनोद पौडेल, योगिता पिया, लीलबहादुर क्षेत्री, भानुभक्त न्यौपाने विजयी हुनुभएको छ । त्यस्तै, वाणिज्यतर्फ कार्यसमिति सदस्यमा ज्ञानुप्रसाद न्यौपाने, थिरप्रसाद धिताल, चेतनारायण सापकोटा, लक्ष्मी रिमाल पौडेल, विकास थापा र बद्री पौडेल विजयी हुनुभयो । महिलातर्फ कार्यसमिति सदस्यमा रजनी मास्के विजयी हुनुभएको छ । 

    संघको बरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ तथा वाणिज्यतर्फ सुमनकुमार श्रेष्ठ, उद्योगतर्फ चिरञ्जिवी सुवेदी र क्षेत्रिय संगठिततर्फ भोजराज कौडाल तथा केही सदस्य यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । संघको ५३ औं साधारण सभा तथा अधिवेशनले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.