देवघाटको पर्यटकीय गतिविधि समेटिएको पुस्तिका प्रकाशन
न्युजभित्तो/१ माघ २०७६, बुधबार ११:१३
दमौली । देवघाट गाउँपालिकाले पवित्र तीर्थस्थल देवघाटका पर्यटकीय तथा धार्मिक सम्पदा समेटिएको पुस्तिका प्रकाशनमा ल्याएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गाउँपालिकाले यहाँ रहेका जीवन्त सम्पदा समेटिएको पुस्तिका प्रकाशन ल्याएको जनाएको छ ।
देवघाटका महत्वपूर्ण ठाउँहरुको प्रचारप्रसार गर्ने उद्देश्यसहित पुस्तिका प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर रानाले जानकारी दिनुभयो । “देवघाट नेपालमा मात्रै नभई विदेशमा समेत प्रख्यात रहेको ठाउँ हो, देवघाटमा वार्षिक लाखौ भक्तजन आउने गरेका छन्,” उहाँले भन्नुभयो, “एउटै पुस्तक मार्फत् यहाँका ठाउँहरुको बारेमा जानकारी दिन पुस्तिका प्रकाशन गरेका हौ ।”
देवघाटको चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम, वेणी सङ्गमस्थल, सीता गुफा, देवपुर सामुदायिक घरबास, गोपीटार सामुदायिक घरबास, खाल्टे सामुदायिक घरबास, कोटा रङ्गशाला, छरछरे झरना, घण्टाचुली, प्याउलीगढी, सिन्च्याङगढी, पालुराज मन्दिर, सीता गुफा, बौद्ध गुम्बा लगायतका पर्यटकीय गन्तव्यलाई पुस्तिकाभित्र समावेश गरिएको छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मंगलबार विमोचन गर्नुहुँदै देवघाटधामको ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व भएकोले कालीगण्डकी नदी डाइभर्सन गर्न नदिइने बताउनुभयो । कालीगण्डकी नदीकै कारण देवघाट र गण्डकी प्रदेशको अस्तित्व रहेको हुनाले यसको संरक्षणमा गण्डकी प्रदेश सरकार लाग्ने उहाँले बताउनुभयो ।
देवघाट क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल चिनाउनको लागि तनहुँ र चितवन जोड्ने त्रिशुली नदीको पुलको मुलमा चिनारी बोर्ड स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० मा देवघाट घुम्न आउने पर्यटकलाई देवघाटधाम क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिलाउन मुख्य स्थानहरुमा देवघाट क्षेत्र विकास समितिले बोर्ड स्थापना गरेको हो । देवघाट घुम्न आउने पर्यटकहरुलाई जानकारी गराउने उद्देश्य सहित मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको बारेमा नाम र नक्सा सहितको बोर्ड स्थापना गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो ।