सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाट मेलामा यस्तो छ ट्राफिक नियम, बढी भाडा असुल्नेमाथि कारवाहीको तयारी


  •    न्युजभित्तो/२८ पुष २०७६, सोमबार २३:३७ 
  • चितवन । देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलामा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले विभिन्न नियम जारी गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज सूचना जारी गरि देवघाट मेलामा आवतजावत गर्नका लागि तय गरिएको ट्राफिक नियमबारे जानकारी गराएको हो ।

    ट्राफिक प्रहरीले देवघाटधाम आवतजावत गर्नका लागि विभिन्न रुटको भाडा दरसमेत तोक्दै तोकिएको भाडा दर भन्दा बढी नलिन र बढी भाडा लिए तुरुन्त फिर्ता गर्न लगाई कारवाही गरिने जनाएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जारी गरेको देवघाट मेला ट्राफिक व्यवस्थापन योजना यस्तो छ :
    – देवघाट प्रवेश गर्ने सवारी साधनहरुको लागि रामनगर, ठिमुरा र दासढुंगा पुलबाट प्रवेश गर्ने व्यवस्था मिलाईएको ।
    – देवघाटबाट बाहिरिने सवारी साधनहरुको लागि देवघाटबाट सिधै आपटारी हुदै निस्कने व्यवस्था मिलाईएको ।
    – बिगत बर्षहरुमा केही साना सवारी साधनहरुले आँपटारी चोक निस्कन अगावै यात्रु झारी घुमाउने गरेकोले त्यस्ता कार्यलाई पुर्ण रुपमा रोक लगाईने छ ।
    – दर्शनार्थीहरुले यात्रुबाहक सवारी साधनको प्रयोग गर्नुपर्नेछ । मालबाहक तथा कृषी प्रयोजनको लागि दर्ता भएका आईचर , टेक्टर जस्ता सवारी साधनमा मानिस ओसार पसार गर्न पुर्ण रुपमा प्रतिबन्ध लगाईनेछ ।
    – सिट क्षमता भन्दा बढी यात्रु चढाउने सवारी साधनबाट क्षमता भन्दा बढी यात्रु ओराली अर्को सवारीमा पठाईनेछ र सवारी धनि तथा चालक उपर नियमानुसार कारबाही गरिने छ ।
    – सवारी आवागमनलाई व्यवस्थित र सहज तुल्याउन आवस्यकताअनुसार ट्राफिक जनशक्ति परिचालन गरिने छ ।
    – तोकिएको स्थान बाहेक अन्यत्र जथाभावी रोकि यात्रु पिक एण्ड ड्रप गर्ने सवारीलाई कारहाबीको दायरामा ल्याईने छ ।
    – निर्धारित भाडादर भन्दा बढी भाडा लिने सवारीबाट यात्रुको भाडा फिर्ता गराईनेछ र ट्राफिक प्रहरीलाई प्रत्यायोजित अधिकार बमोजिम कारबाही गरिनेछ ।

    त्यसैगरी, ट्राफिक प्रहरीले माघे सक्रान्ति पर्व २०७६ को अवसरमा देवघाट तीर्थस्थलमा आवत जावत गर्ने यात्रुबाहक सार्वजनिक सवारी साधनको मेला अवधिभरको लागि विभिन्न रुटको भाडादरबारे जानकारी गराउँदै तोकिएको दर भन्दा बढी भाडा नलिन र नदिन समेत चालक, सहचालक तथा यात्रुहरुमा अनुरोध गरेको छ ।तोकिएको भन्दा बढी भाडा लिएको पाईएमा सवारी नियम बमोजिम गर्ने पनि जनाएको छ । ट्राफिक प्रहरीले निम्नानुसारको भाडा दर तोकिएको जानकारी गराएको छ :

    सि.नं   रुट                                                                                         दुरी                भाडादर
    १ देवघाट आँपटारी हुदै पोखरा वसपार्क सम्म                                     ६ किमि           रु २०।-
    २ देवघाट आँपटारी हुदै पुलचोक सम्म                                                ८ किमि           रु २५।-
    ३ देवघाट आँपटारी हुँदै केन्द्रिय बसपार्क सम्म                                    ८ किमि            रु २५ ।-
    ४ केन्द्रिय बसपार्क,रामनगर हुँदै देवघाट सम्म (ग्रावेल बाटो)                १३ किमि         रु ५०।-
    ५ पोखरा बसपार्क रामनगर हुँदै देवघाट सम्म (ग्रावेल बाटो)                ११ किमि          रु ४०।-
    ६ पोखरा वसपार्क,रामनगर,दासढुंगा हुदै देवघाट पारी सम्म                १९ किमि         रु ५०।-
    ७ पुलचोक,रामनगर,दासढुंगा हुदै देवघाट पारि सम्म                          २१ किमि          रु ६०।-
    ८ पोखरा बसपार्क, रामनगर , ठिमुरा हुँदै देवघाट सम्म (ग्रावेल बाटो) १६ किमि           रु ५५।-
    ९ केन्द्रिय बसपार्क, रामनगर, ठिमुरा हुँदै देवघाट सम्म (ग्रावेल सडक) १८ किमि         रु ६५।-

    गुनासो तथा सुझावको लागि सम्पर्क नं. १०३, ०५६-५२४८९९ र ९८५५०९०१००

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.