चितवन सेरोफेरो
हेटौँडा । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर गम्भीर घाइते भएका स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको...
जनकपुरधाम । सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको स्वामित्वको जग्गाको केही भाग बिक्री गर्न गरेको निर्णयविरुद्ध प्रदेश नं २ सरकार अदालत जाने भएको छ । प्रदेश नं २ मन्त्रिपरिषद्को आजको बैठकले सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको छ बिघा जग्गा बिक्री...
हेटौँडा । वाग्मती प्रदेशको स्थायी राजधानी हेटौँडाबाट आगामी वैशाख १ गतेदेखि वाग्मती टेलिभिजन प्रसारण हुने भएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौँडामा आइटिआई मिडिया प्रालिका नाममा शुक्रबार वाग्मती टेलिभिजन दर्ता भएको छ । तीन साताभित्र परीक्षण प्रसारण र नयाँ वर्षदेखि...
दमौली । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो । समितिको बिहीबार देवघाटमा सम्पन्न...
चितवन । नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखाको संयोजनमा स्वास्थ्य कक्ष सञ्चालनमा ल्याइएको हो । गएको माघ २२ गतेबाट दुई हप्ता कक्ष सञ्चालन गरिएको...
दमौली । दमौलीमा १०८ फिट अग्लो व्यास मूर्ति निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञबाट रु तीन करोड ४८ लाखभन्दा बढी रकम बचत भएको छ । व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले गत माघ २० देखि २८ गतेसम्म आयोजना गरेको महायज्ञबाट...
हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरी गैरीभञ्ज्याङमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका गढी ७ सुकौराका २४ बर्षीय सुरज लोको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला...
हेटौंडा । मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ४९ जना घाइते भएका छन् । मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा जन्ती बोकेको ना ३ ख ३५५६ नम्बरको बस पल्टिएको थियो । जन्ती बस दुर्घटना हुँदा तीन जनाको...
चितवन । आख्यानकार एवम् पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को आगामी सोमबार विमोचन हुने भएको छ । यथार्थवादी सामाजिक विषयवस्तुका कथाहरु समेटिएको ‘कुमाता’ कथासङ्ग्रह अक्षर समूह चितवनले एक कार्यक्रमकाबीच विमोचन गर्न लागेको समूहका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनुभयो ।...
नारायण अधिकारी चितवन । कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार गत...













