भरतपुर अस्पतालमा मृत्यु भएका पुरुषको स्पाईनल इञ्जुरी र निमोनियाको समस्या
न्युजभित्तो/२४ जेष्ठ २०७७, शनिबार १७:५६
चितवन । भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका चितवन माडीका २७ वर्षीय एक व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । माडी नगरपालिका वडा नं. ६, कल्याणपुरका एक पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले उपचारकै क्रममा आइसीयूमा निधन भएका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । शनिबार बिहान साढे १० बजे उनको मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।
माडी नगरपालिकाका स्वास्थ्य संयोजक शिवप्रसाद सुवेदीका अनुसार गत जेठ १३ गते उनी भारतबाट आएर माडी नगरपालिका वडा नं. ५ स्थित दिवाकर स्मृति विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । स्पाईनल इन्जुरी भएका उनी उपचारको लागि भारतको दिल्ली गएका थिए । संयोजक सुवेदीका अनुसार उनी स्पाईनल इन्जुरी समस्याका कारण ह्वीलचेयरमा मात्रै हिड्डुल गर्न सक्थे । बिहीबारदेखि ज्वारो र खोकीको समस्या देखिएपछि उपचारका लागि शुक्रबार भरतपुर अस्पताल पठाईएको सुवेदीले जानकारी दिनुभयो ।
यसैबीच भरतपुर अस्पतालले शनिबार एक विज्ञप्ति प्रकाशित गरी निजीको मेरुण्डको हड्डी भाँचिएको, काप्ने समस्या, प्यारालाईसिस र निमोनिया (C7 burst facture with paraplezia, GTCS with Aspiration Pneumonia) का कारण मृत्यु भएको उल्लेख छ । भरतपुर अस्पतालको कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलद्वारा जारी विज्ञप्तिमा शुक्रबार अस्पतालमा निजलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा आइसोलेशन वार्डमा राखी उपचार गरिएको जनाईएको छ । शनिबार बिहान एक्कासी निजीलाई श्वास फेर्न गाह्रो भएको र शरीरमा कम्पन भएको देखेपछि स्वास्थ्यकर्मीले कोभिड आइसियूमा राखेर भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दा निजको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।